कर्मचारी संगठनका नेताहरु गुठबन्धी र सुरासुन्दरीमा लिप्त

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरु पदीय घमण्ड देखाउँदै आफ्नो स्वार्थमा रुमलिएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनका नेता गोपाल पोखरेल र निजामती कर्मचारी संगठनका तत्कालीन अध्यक्ष पुण्य ढकालको सिको गर्दै निजामती कर्मचारी युनियनका कायममुकाय अध्यक्ष उत्तम कटुवाल र कर्मचारी संगठनकी अध्यक्ष भवानी बरालले संगठनको नाममा उठ्तीधन्दा चलाएको स्रोतको दावी छ । त्यसैगरी महासचिव रामचन्द्र अधिकारी (आरसी)ले पनि गत निर्वाचनमा करोडौं पैसा खर्च भएको भन्दै सो खर्च उठाउन विभिन्न निकायका कर्मचारीहरुलाई आदेश दिएको कर्मचारी श्रोतको भनाई रहेको छ । कर्मचारी संगठनका नेताहरुले राजनीतिक दलका नेताहरुलाई समेत गुमराहमा पारेर आफ्नो स्वार्थ पुरा गरिरहेका छन् ।

उता, कांग्रेस निकट कर्मचारी युनियनका काबा अध्यक्ष उत्तम कटुवालको धन्दा पनि त्योभन्दा कम छैन । किन कि तत्कालीन अध्यक्ष गोपाल पोखरेल संगठनको नवौं अधिवेशन गराउन नसकेर सेवा निवृत्त भएका थिए । जागिरबाट सेवा निवृत्त भएपछि कर्मचारी युनियनको अध्यक्ष पद स्वतः खारेज भएको थियो । सो पदमा तत्कालीन उपाध्यक्ष उत्तम कटुवाल कार्यबहाक अध्यक्ष भएका छन् । कटुवाल का.बा.अध्यक्ष भएपछि निजामती कर्मचारी युनियनभित्र तीनवटा गुट बनेको छ । त्यसमा का.बा. अध्यक्ष कटुवाल, महासचिव जनक रावल र यज्ञ वलीको छुट्टाछुट्टै गुट हावी भएको छ ।

उनीहरुले गुटैपिच्छे उठ्तीपुठ्ती धन्दा पनि चलाइरहेका छन् । संगठनका नेताहरुको अक्षमताको कारण कार्यकाल सकिएको ६ महिनाबितिसक्दा पनि कर्मचारी युनियनको अधिवेशन गर्न सकेका छैनन् । महासचिव जनक रावलका कारण हुनलागेको अधिवेशन पनि भाँडिन पुगेको थियो । महाधिवेशनको विषयलाई लिएर सर्वोच्चमा रिट परेको पनि ६ महिना नाघिसकेको छ । एकातिर कांग्रेस निकट कर्मचारी युनियनको यो हालत छ भने अर्कोतिर एमाले निकट कर्मचारी संगठनभित्र गुटैगुट हावी भएको छ ।

निजामती कर्मचारी संगठनभित्र अध्यक्ष बरालको एउटा गुट छ भने महासचिव आरसीले अर्को गुट खडा गरेका छन् । त्योसँगै रेवन्त गौतम र वामदेव वलीको पनि छुट्टै गुट छ । आरसी अधिकारी माधव नेपाल खेमाका थिए भने भवानी बराल केपी ओली निकट थिइन् । उता रेवन्त गौतम वामदेव गौतम निकट थिए भने वामदेव ओली भीम रावल निकट भएको बताइन्छ । अहिले सबै एमालेभित्र छिरेपछि आ–आफ्नो छुट्टाछुट्टै गुट बनाएर संगठनको नाममा उठ्ती धन्दा चलाइरहेका छन् । अझ महाचिव आरसी अधिकारी त वर्षौंदेखि संघीयमन्त्रालयमा डेरा जमाएर बसिरहेका थिए । संघीय मन्त्रालयमा बस्दा कर्मचारी सरुवा, बढुवामा खेलोफड्को गरेर अकुत सम्पत्ति आर्जन गरेको समाचार पत्रपत्रिकाले सम्प्रेषण गर्दा आफ्नोविरुद्ध समाचार नलेख्न पत्रकारसँग हारगुहार गरेर विज्ञापन छाप्न लगाउने र त्यसको भुक्तानी आफैं खाने काम गर्दै आएको श्रोतको उल्लेख गरेको छ ।

पत्रिकामा छापिएको विज्ञापनको भुक्तानीमा समेत आँखा गाड्ने कर्मचारी नेताले कसरी कर्मचारीको हकहितमा काम गर्न सक्छन् भन्ने हल्ला संघीय मन्त्रालयतिर कर्मचाले गर्न थालेका छन् । त्यसले गर्दा पनि आरसी अधिकारीको उठ्ती धन्दा छर्लङ्ग हुन्छ । त्यसैगरी कर्मचारी संगठनका नेताहरुले विभिन्न बहाना बनाएर उठ्ती धन्दा चलाउने गर्दै आएका छन् । उनीहरुले कसैलाई उपचार खर्चको नाममा, कसैलाई बालबच्चा पढाउने नाममा त कसैलाई भैपरी आउने सहयोग गर्ने भन्दै पैसा संकलन गर्न थालेको एक पीडित कर्मचारी बताउँछन् । त्योसँगै कतिपय महिला कर्मचारीहरुलाई विभिन्न आश्वासन दिएर अलमल्याउने काम गरेकोसमेत एक पीडित महिलाले तामाकोशी सन्देशसँग गुनासो पोखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *