त्रिविका लागि तीन सय उपप्राध्यापक पदमा खुल्यो विज्ञापन

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै तीन सय उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ ।

त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ । त्यसपछि कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ । अन्य विषयहरुमा भने माग संख्या दोहोरो अंकको छैन ।

दरखास्त दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गते राति ११ बजेर ५९ मिनेटसम्म छ । त्यसपछि दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

विज्ञापनको सूचनासहित:

Leave a Reply

Your email address will not be published. Required fields are marked *