सुनुवाइ समितिको सभापतिमा खतिवडाको शपथ ग्रहण आज

राजनीति समाचार

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा शुक्रबार निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ ।

सोमबार बिहान ११ बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाको शपथ ग्रहण कार्यक्रम हुने सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको हो ।

यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रहेका खतिवडा सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *