माओवादीका गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

राजनीति समाचार

काठमाडौं । महोत्तरी–१ माओवादीका गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी भएका छन् । महतोले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।

महतोले २४ हजार ४०१ मत पाए भने पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरे । यस क्षेत्रमा विगत १५ वर्षदेखि माओवादीका उपमहासचिव पोखरेल लगातार विजय हुँदै आएका थिए ।

तर यसपटक भने उनको विजय यात्रामा एमालेका महतोले ब्रेक लगाएका हुन् । यसैगरी महोत्तरी–१ ९१० प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भए ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *