नेपाल अमेरिकी सैन्य गठबन्धनमा प्रवेश गर्न थालेकै हो ?

समाचार

काठमाडौं । लगभग दुई महिना अगाडि अमेरिकाले राखेको शर्त अनुसार मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजनालाई संसदबाट अनुमोदन गरेर अगाडि बढाएपछि शेरबहादुर देउवको नेतृत्वको संयुक्त सरकार र अमेरिकी सरकारका बीच सम्बन्ध नजिकिन थालेको छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन भएपनि अमेरिकाका उच्च अधिकारी तथा अमेरिकी सरकारका मन्त्रीहरु नियमित जस्तै नेपाल भ्रमणमा आउने गरेका छन् । केही दिन अगाडि मात्र अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले चार दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् । अमेरिकी सेनाका वरिष्ठ जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेको केही दिनपछि नै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जादैंछन् । यस बीचमा अमेरिका र नेपाली अधिकारीहरुका बीचमा भएको गतिविधिले नेपाल अमेरिकी सेनाको युटा नेशनल गार्डमा समावेश हुने सम्भावना बढेर गएको छ । तर यस सम्बन्धमा अमेरिका भ्रमणको तयारी गरी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अमेरिका भ्रमणका सम्बन्धमा संसदमा स्पष्ट पार्ने र भ्रमणको उद्देश्य बताउने काम अहिलेसम्म भएको छैन । प्रधानमन्त्री देउवाको राजनीतिक महत्व बोकेको अमेरिका भ्रमण हुन लाग्दा प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा भने यतिखेर दिल्ली पुगेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको महत्वपूर्ण अमेरिका भ्रमण हुनै लाग्दा आरजु देउवाले गोप्य रुपमा गरेको दिल्ली भ्रमणलाई राजनीतिक र कुटनीतिक क्षेत्रले विशेष महत्व दिएर हेरेको छ । समाचार सुत्रका अनुसार देउवाको अमेरिकाको भ्रमणका सम्बन्धमा भारतीय पक्षलाई आश्वास्त पार्नका लागि आरजु देउवाले यो गोग्य दिल्ली भ्रमण गरेकी हुन् भन्ने टिप्पणी काठमाडौंको कुटनीतिक क्षेत्रमा चर्चा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *