उपत्यकाबाट माओवादी शून्य, एमाले २ सिटमा सिमित

समाचार

काठमाडौं । गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचनमा राजनीतिक दलको विकृति र विसंगतिले गर्दाखेरी दलहरुभित्र उठलपुठल भएको छ । किनकी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरुले धेरैजस्तो स्थानहरुमा पराजय भोग्नु परेको छ । यसैगरी माओवादी केन्दले २०७४ सालको निर्वाचनमा पनि उपत्यकामा १ सिट हासिल गर्न सकेको थियो भने यसपालीको संघ र प्रदेश निर्वाचनमा कुनै पनि जित हासिल गर्न सकेन । त्यसैगरी नेकपा एमालेले जित्दै आएको काठमाडौं उपत्यकाभित्र २ सिट मात्र जित हासिल गर्न सकेको छ । कतिपय राजनीतिक दलका शीर्ष नेताहरुले समेत पराजय भोग्नु परेको अवस्था छ । अहिले काठमाडौं उपत्यकामा नेपाली कांग्रेसले ५ सिट हासिल गरेको छ । अन्य स्थानमा स्वतन्त्रले बाजी मारेका छन् । विगत लामोसमयदेखि काठमाडौं उपत्यकाभित्र कांग्रेस र एमालेको गढ भएतापनि यसपटक भने कांग्रेस र एमालेले त्यो वर्चश्व कायम गर्न सकेनन् । यसको सिको लिएर राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकालाई मध्यनजर गरी आगामी दिनहरुमा कसरी अघि बढ्ने भनेर सोच विचार नगरी बस्ने हो भने नेपाली कांग्रेस पार्टीले ५ सिट हासिल गरेतापनि आगामी निर्वाचनमा त्यो सिट पनि गुम्ने अवस्था देखिन्छ । यसैगरी नेकपा एमाले पार्टीबाट उपत्यकामा २ सिट जित हासिल गरे तापनि एमालेले पार्टी सुद्धिकरण गरेर अगाडि नबढे विगत लामो समयदेखि निर्वाचन जित्दै आएको एमाले २ सिटमा खुम्चिनु परेको छ । नेतृत्वको यस्तै हविगत रहने हो भने आगामी निर्वाचनमा त्यो २ सिट पनि हाता लाग्ने सम्भावना देखिँदैन । यसैगरी नेपाली कांग्रेसभित्र व्यापक रुपमा गुटबन्दी र परिवारवाद हाबी भएको कारण ७ सीटमा खुम्चिएको छ । सत्तागठबन्धन गरेर चुनावमा होमिँदा पनि कांग्रेस ७ सिटमा मात्रै विजयी हुँदा खासै उपलब्धी मानिँदैन । ४ महिना अगाडि मात्रै जन्मिएको राष्ट्रिय स्वतन्त्र पाटील उपत्यकाभित्र राम्रै प्रगति हासिल गरेको छ । उता माओवादी केन्द्र एक सिटमा पनि जित निकाल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *