प्रधानमन्त्री ओलीको मिर्गौला फेल हुनुको कारण पेन किलरको प्रयोग

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण पेन किलरको अत्याधिक सेवनले गर्दा भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण सुरुमा टिबरक्लोसिस (क्षयरोग) र अल्सर भएपछि असैह्य हुँदा पेन किलर खाँदाखाँदा किड्नी फेल भएको बताएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *