काठमाडौं । म्यानमारबाट उद्धार गरिएका १२ जना नेपालीहरुलाई थाइल्याण्डको बैंकक हुँदै नेपाल फर्काइएको छ ।
म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएका ११ पुरुष र एक महिलालाई थाइल्याण्ड सरकारको सहयोगमा बैंककस्थित नेपाली राजदूतावासले वैशाख २४ गते नेपाल फर्काएको हो ।
अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका ती नेपाली नागरिकहरूलाई उद्धार गरी टाक इमिग्रेशन अफिस, मे सोट हुँदै थाइल्याण्ड ल्याइएको थियो । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार गरिएका १२ नेपालीलाई स्वदेश फर्काइएको जानकारी दिएको हो ।