हल्का वर्षाले काठमाडौं लगायतका जिल्लामा केही राहात

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं सहितका जिल्लामा लामो समयपछि बुधवार दिउँसो हल्का पानी परेको छ ।

झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
हल्का वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । हिजोसम्म विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ । यद्यपि काठमाडौंको वायु अहिले पनि अस्वस्थकर छ । आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *