डीआईजीको बृफकेश पसारो

समाचार

काठमाडौं । नेपाल प्रहरीमा चैत २० गते बाईबाई गराएर नयाँ र क्रियाशील डीआईजीहरुलाई एआईजी बनाउन गृहमन्त्री बालकृष्ण खाणको योजनामा तुषारापात लागेन भने यो हप्ता नेपाल प्रहरीले चार एआईजी बढुवा पाउने छ । गृहको सिफारिस मन्त्रिपरिषद्को निर्णयमा हुने डीआईजीको बढुवामा पुराना प्रहरी अधिकृतहरु नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसाउद आलम खाँको बृफकेश दौडमा बालुवाटारले ¥याल काडेको छ । तर उसको ¥यालमा झिंगा डुबाउने काममा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री खाणले गरेपनि नयाँ पुस्ताले मौका पाउनेछ । बालुवाटारले बृफकेस बोकेर आउनेलाई एआईजी बनाउने तयारी गर्दैछ । आईजीपीले यसको विरोध गरेका छन् । यो पुस्ताका दीपक थापा, बसन्त कुँवर, टेकप्रसाद राई र मिरा चौधरीको सम्भावना बढी देखिन्छ । अहिलेको राजनीतिले कोल्टे फे¥यो र गृहमा माओवादीको प्रवेश भयो भने राजनीतिकमा धक्कु लगाउने बृफकेश बोक्ने नलप्रसाद, मोहन आचार्य र खाँहरुले अहिले कमाएको पैसा घुस बझाएर आईजीपी धिरजप्रताप सिंहसँगै चैत २० मा घर पठाउने योजना नबन्ला भन्न सकिँदैन । किनकी नेपाल प्रहरीले डीआईजीबाट एकपटक एआईजी पाएको सर्वेन्द्र खनालको कार्यकाल विवादरहित भयो । वरिष्ठलाई आईजीपी बनाएको भन्दै काम भन्दा कान्तिपुर दैनिकले उचालेर टाइकुन बनेका रमेश खरेलले जागिर छाड्दा कतै घुनपुत्लो लागेन । आईजीपी धिरजप्रताप सिंहले काबिल व्यवसायी डीआईजीहरुलाई हेडक्वार्टरमा राख्नुको कारण आफ्नो सचिवालय कामयावी होस् भन्ने हो । यसपटक दीपक थापा प्रबन्ध, बसन्त कुँवर प्रशासन, टंकप्रसाद राई सचिवालय, मिरा चौधरी ट्राफिक कार्यालयमा खटाउनु पनि जनताका बिच प्रहरीको सम्बन्ध बढोस् भन्ने हुनसक्छ । तर आईजीपीलाई बालुवाटारको हस्तक्षेप मात्र नभई प्रधानमन्त्री पत्नी आरजुका भाइ भूषण राणाकोसमेत दबाब सहनु परेको विगत छ । यही समूहमा विवादित डीआईजी अशोक सिंह सुलसुलेको रुपमा छन् ।
प्रहरी प्रदेश विभाग, तालिम केन्द्र उपत्यका र अपराध महाशाखामा एआईजी दरबन्दी खाली छन् । साउन २० देखि ती विभागहरु खाली बन्दै जाँदा कात्तिक २२ सम्मको समय रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *