एमालेको गठबन्धन कसैलाई रुचेन ? अस्तित्वविहीनलाई एमालेले बोक्दा रमिता

समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरुको आफन्त, गुटको चाकडीबाज र पैसामा बेचिएका समानुपातिक सांसदको ११० जनाको जन्ती छनौट भएका छन् । एमालेले पार्टीमा कुनै योगदान पनि नभएका परिवार दलका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएँदा कहीं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै भएको छ । नेपालमा क्रिश्चियन बढाउने र क्रिश्चियनको पैसामा कम्युनिष्ट नेताहरुलाई विदेश घुमाउने एकनाथ ढकाल अस्थिरताको कारक हुन् । एमाले अध्यक्ष केपी ओलीलाई विश्वासमा लिएपछि पद पाउने हेक्का ढकालमा थियो ।
अहिले समानुपातिकतर्फ एमालेको मत बढी छ । एमालेले ३४ जनालाई सांसद बनाउन पाएको कारणले एमालेले पनि नेताका श्रीमती, बहिनी, प्रेमिकाहरुलाई नै सांसद बनाउँदा पनि आलोचित थियो । यसपटक भने अध्यक्ष ओली जनतालाई भ्रम छर्न हिन्दुत्वको सेवक बनेपनि एमालेभित्र क्रिश्चियन टोली बढाउने गरी सुभाष नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेलहरुलाई विदेश घुमाउने परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएका छन् । एमाले एनजीओ र आईएनजीओमा चलेको पार्टी हो भन्दै गर्दा यसको नीति, उद्देश्य र कार्यक्रमको आधार नै पैसासँग जोडिन्छ । एमालेले कब्जा गरेका जनजाति महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल निजामती कर्मचारी संगठनहरु विदेशीको डलरमा चलेको भनाई रहेको छ । एमालेले कब्जा गरेका पेशागत संगठनहरुमा वामशक्ति एकै साथ थियो । प्रगतिशील लेखक संघ भने एमालेले आफ्नो हातमा लिन सकेको छैन ।
अहिले नेकपा एमाले प्रत्यक्षमा ४४, समानुपातिकमा ३४ गरी ७८ जना सांसद भएको पार्टी बनेको छ । अरुलाई गाली गर्ने, आफ्ना गल्ती स्वीकार्न नसक्ने प्रधानमन्त्री अन्य दललाई नदिने गरी गठबन्धन गर्न केपी ओली चाहन्छन् । ओलीकै कारणले प्रचण्ड र माधव नेपाल छिन्नभिन्न भएका छन् । ईश्वर पोखरेल, शंकर पोखरेल त जनताबिचबाट अहिले टाढा भएका छन् । तिकडम नगरेको भए सुवास नेम्वाङ, विष्णु पौडेलजस्ता नेताहरुले चुनाव जित्ने थिएनन् । महेश बस्नेत, शेरधन राई, विशाल भट्टराई त सहयोग मात्र हुन् । तर उनीहरु हार्नु गोकुल बास्कोटा र सूर्य थापाले जित्नुमा कुनै गरिमा छैन । दुबै माधव र प्रचण्डविरुद्ध बोल्ने सुगा हुन् । एमाले अध्यक्ष ओलीलाई अस्तित्वविहीन बनाउन राप्रपा नेपालका कमल थापा, परिवार दलका एकनाथ ढकाल, जनप्रगतिशील पार्टीका हृदयेश त्रिपाठीजस्ता नेता लागिपरे । राष्ट्रिय राजनीतिका यस्ता घातक तत्व एमालेले किन स्थान दियो त्यसमा शंका छ ।
वाम गठबन्धन बन्नको लागि राजनैतिक सम्बन्ध जोडिनुपर्दछ । एमाले अध्यक्ष ओलीले माओवादीले ७ सिट, नेकपा एसले शून्य सिट, आफ्नो पार्टीले प्रत्यक्षमा १०० सिट, समानुपातिकमा ५० सिट गरी एक्लै बहुमत ल्याउने भाषण गरेका थिए । त्यो सम्झनलायक छ । तर अहिले आफैं प्रधानमन्त्री बन्न कहिले प्रचण्ड त कहिले माधव नेपालकोमा दूत पठाएर वार्ताको वातावरण बनाउँदैछन् । केपी ओली संवैधानिक स्थानमामा प्रवेश गर्न एकता र मोर्चाको नाम भजाउँदैछन् ।
ओली आफु प्रधानमन्त्री नबन्न घोषणा गरुन त वामपन्थी मोर्चा बन्छ, पार्टी एकता हुन्छ र सरकार पनि बन्छ । ओलीको सत्ताकाल नीतिगत भ्रष्टाचार थियो । गुटगत स्वार्थले देशको भ्रष्टाचार बढ्यो, वामपन्थी शक्ति तहसनहस भयो । संविधान विपरीत बोल्दा राष्ट्रपति विद्या भण्डारीसमेत विवादमा पर्नुभयो । संवैधानिक पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरु राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षजस्ता पदमा एमाले निल हुने देखिन्छ । सत्ता गठबन्धनले दियो भने एमालेले पाउने संसदको लेखा समिति हो । त्यो पनि जसपालाई दिएको खण्डमा एमालेले पाउने विकास समिति हो । जसपा सत्ता गठबन्धनसँग कोलाहल गर्दैछ । एमालेको जालमा पर्दा उपेन्द्र यादव नै पराजित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *