कामचलाउ मन्त्रीको मनलाग्दी

राजनीति समाचार

काठमाडौं । कामचलाउ सरकारका मन्त्रीहरुले यतिखेर अधिकांश स्थानमा भाँडभैलो मच्चाउन थालेका छन् । यसरी भाँडभैलो मच्चाउनेमा भरखरै सम्पन्न निर्वाचनमा हारे खाएका खानेपानी मन्त्री उपाकान्ता चौधरी र सहरी विकास मन्त्री मेटमणि चौधरीले यतिखेर आ–आफ्नो मन्त्रालयमा सरुवा बडुवादेखि विभिन्न कार्यक्रमको उद्घाटन गर्ने भन्दै देश दौडाहमा हुमिएका छन् ।

खानेपानी मन्त्री उमाकान्ता चौधरीेले विगत लामो समयमा सम्पन्न भएको मेलम्ची खानेपानी उद्घाटन गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरिराखेका छन् । मेलम्ची खानेपानी पटक–पटक उद्घाटन गर्ने र राज्यको सम्पत्तिमाथि दोहन गर्ने काम पहिलादेखि गरिँदै आएको थियो । यसपटक फेरि मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेर मन्त्री चौधरीले राज्यलाई आर्थिक भार थपेका छन् । यसरी भाँडबन्डा गरी खाने चलन विगत लामो समयदेखि चल्दै आएको थियो ।

मेलम्चीलाई पटक–पपटक उद्घाटन गर्ने कहाँको नियम संगत छ कि छैन त्यसको बारेमा कुनै निकायले खोजि गरेको अवस्था छैन । किनकी २०७७ सालमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । त्यसैगरी तत्कालीन खानेपानी मन्त्री बिना मगर र मणि थापाले उद्घाटन गरेका थिए । त्यस्तै उक्त खानेपानी आयोजनाको उद्घाटन सिन्धुपाल्चोकका सिडियोले पनि गरेका थिए ।

फेरि गत बैशाख ११ गते मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका हुन् । मेलम्ची खानेपानी आयोजनालाई यसरी पटक–पटक उद्घाटन गरी राज्यलाई आर्थिक भार थप्ने काम विभिन्न राजनीतिक दलका मन्त्रहरुले गर्दै आएका छन् । यसैको सेरोफेरोमा मेलम्ची खानेपानी आयोजनालाई दुहुनो गाई बनाएर खाने गरेको उदाहरणहरु थुप्रै पाइन्छन् । मेलम्ची खानेपानी उद्घाटनमा विभिन्न राजनीतिक दलका नेतादेखि मन्त्रीसम्मले उद्घाटन गरेर रमाइरहेका छन् ।

यस्तै कामचलाउ सरकारका मन्त्रीहरुले घर जाने बेलामा विभिन्न आयोजना परियोजनाहरुमा आफ्ना कार्यकर्ता भर्ना गर्ने र राजनीतिक नियुक्ति गरेर खाने प्रवित्ति हाबी भएको छ । यस्तै अहिले सहकारी विकासमन्त्री मेटमणी चौधरीले गत मंसिर ४ गते सम्पन्न भएकोसंघको निर्वाचनमा निर्वाचित भएपछि अहिले सहरीविकास मन्त्रालयमा गाइजात्रा गरेका छन् । मेटमणी चौधरी यतिखेर अधिकांश प्रदेश र स्थानीय तहहरुमा देश दौडाहमा होमिएका छन् भने कर्मचारी सरुवा–बडुवाको लागि मरिहत्ते गरिरहेका छन् ।

कतिपय आफ्नो मन्त्रालय मातहतका शाखाहरुमा पनि सहसचिवहरु परिवर्तन गरेका छन् । गत मंसिर २९ गते ३ जना सहसचिवहरुलाई फेरबदल गरी सरुवा गरेका छन् । ३ जना सहसचिवमध्येमा पदमकुमार मैनाली, दिपक भण्डारी, रामचन्द्र दंगाललाई विभिन्न शाखाहरुमा अदलबदल गरी सरुवा गरेका छन् । यसरी सरुवा गर्नु भनेको कामचलाउ सरकारले चाहिँदोनचाहिँदो काम गरेर बेथितिको चाङ खडा गरी आयस्रोतको माध्यम बनाएको कर्मचारी सुत्रले बताएको छ ।(तामोकाशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *