कमिसनको जालमा वीर अस्पताल, कसले गर्ने छानविन ?

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । यतिखेर काम चलाउ सरकार रहेको छ । सबै क्षेत्रतिर लथलिङ्ग भएको अवस्था छ । सरकार कहिले र कसको नेतृत्वमा बन्ने भन्ने अहिलेसम्म एकिन भएको छैन । यतिखेर सबैक्षेत्रमा अनियमितता, भ्रष्टाचार र व्यथितिको चाङ बढेको छ । खाद्यान्नलगायतका सामग्रीको बजार मूल्य अकासिएका छ । यसको कुनै पक्षबाट नियमन र अनुगमन गरिएको छैन । काम चलाउ सरकार मुकदर्शक बनेर टुलुटुलु हेरिरहेको छ ।

कमिसनको लोभमा सरुवा, बढुवा र राजनीतिक नियुक्ति गर्न पाए हुन्थ्यो भनेर लागिपरेको छ । यसको उदाहरणको लागि वीर अस्पताललाई हेरे हुन्छ । यतिखेर वीर अस्पतालमा व्यापक रुपमा भ्रष्टाचार मौलाएको छ । वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्ने अस्पतालभित्र त्यसरी भ्रष्टाचारको चलखेल हुँदा पनि कमिसनको आडमा रमाएका छन् । यसरी रमाउनेमा वीरका निर्देशक भूपेन्द्र बस्नेत, खरिद इकाइका कर्मचारी र लेखा प्रमुखको डिजाइनमा खरिद सामाग्री सप्लायर्सदेखि अस्पताललाई आवश्यक पर्ने विभिन्न सामग्री खरिदमा लाखौं आम्दानी गरेका छन् । यसको अनुगमन गर्ने निकाय निदाएको अवस्था छ ।

यतिखेर काभ्र जिल्ला घर भएका लिला गौतम (लक्ष्मण) नाम गरेका व्यक्तिले वीर अस्पतालमा विगत लामो समयदेखि सामान सप्लायर्स गदै आएका छन् । उनले वीरमा सामान सप्लायर्स गरेबापत काठमाडौंमा तीनवटा भव्य महल खडा गर्न सफल भएका छन् । ती गौमतले वीर अस्पतालमा लामो समयदेखि सामान सप्लायर्स गरेरै काठमाडौंमा घर, घरेडी जोड्न र अकुत सम्पत्ति कमाउन सफल भएको अस्पताल स्रोतको भनाइ छ । ती गौतमलाई यतिखेर हाइसन्चो पनि भएको छ ।

किन कि वीर अस्पतालका निर्देशक बस्नेत, खरिद इकाइका कर्मचारी र लेखा प्रमुखलाई आफ्नो हातमा लिएर सामान सप्लाई गरिराखेकै छन् । कतिपय गुणस्तरहीन सामान सप्लाई गरेर महंगो बिल बनाएकै छन् । सम्बन्धित व्यक्तिलाई कमिसन दिएकै छन् । उनी भने दिनमा एक चोटी वीर अस्पताल धाएकै छन् । त्यसपछि उनी बजार एरिया निस्कन्छन् । अनि साँझपख रमझममा रमाउँछन् भने वीर अस्पताललाई आवश्यक पर्ने सामग्रीहरु फोनबाट आदनप्रदान भइहाल्छ ।

ती सामान नक्कली होस् या सक्कली होस् कमिसन पाएपछि सबै मख्ख पर्छन । भाग शान्ति पाएपछि सबैको चित्त बुझिहाल्छ । त्यसको मारमा भने अधिकांश नेपाल सर्वसाधारण जनता पर्ने गर्दछन् । कतिपय बिरामीहरुले वीर अस्पतालमा भर्ना हुनको लागि बेड समेत नपाएर पीढिमा सुत्न वाध्य छन् ।

ती अस्पतालका बेडहरु खाली भएतापनि राजनीतिक दलका नेता, वीर अस्पतालका कर्मचारीका आफन्त, नातागोता र सोर्सफोर्सका व्यक्तिले मात्रै पाउँछन् । सर्वसाधारणले भने समयमा सामान्य उपचार, बेड सुविधा र अक्सिजन समेत नपाएर अकालमा ज्यान गुमाउन वाध्य हुनुपरेको छ । (तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *