सरकारी संचारमा कांग्रेसको साम्राज्यवाद

समाचार

काठमाडौं । सरकारी गठबन्धन कांग्रेसको स्वार्थमा चलेको छ । नेकपा माओवादी र एकीकृत समाजवादीलाई सरकारी स्वामित्वका संचार माध्यम गोरखापत्र, रासस, नेपाल टेलिभिजन मात्र होइन रेडियो नेपालको जिल्ला संवाददातामा समेत प्रवेश निषेध छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल व्यक्तिगत रुपमा मात्र होइन, पेशागत रुपमा पनि जसले त्यो पदमा पु¥यायो उसैप्रति पूर्वाग्रही भएको निष्कर्ष प्रेस सेन्टरले निकालेको छ ।
सेन्टरका नेता गोविन्द आचार्यको कारण विपुल पोखरेल महासंघको अध्यक्ष भएका हुन् । तर यसपटक विपुल पोखरेल प्रेस संगठनको नाम भजाएर खाने एक सहयोगीकोे साथ लिएर प्रेस चौतारी र सेन्टरप्रति पूर्वाग्रही भएका छन् । माओवादीप्रति एमालेका अध्यक्ष केपी ओली जति पूर्वाग्रही छन्, पोखरेल उस्तै छन् । कांग्रेसभित्र विवादित खेमाका पोखरेललाई महासंघको पेशागत संरचनामा कांग्रेसीकरण गर्ने दाउ हुनसक्छ ।
त्यही पूर्वाग्रह भएकै कारण गोरखापत्र र राससबाट देशभर कांग्रेस इतरका श्रमजीवी पत्रकारको रोजीरोटी खोसिँदा महासंघ चुपचाप छ । महासंघमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशील पत्रकार संगठन गठबन्धनमा रहँदा एमालेको प्रेस चौतारी निल भएको छ । चौतारीको नेतृत्व आम पत्रकार बिचमा भन्दा एमाले अध्यक्ष ओलीवादमा रमाएको छ । गोरखापत्र र राससले कर्णाली र सुदूरपश्चिममा दर्जनौं पत्रकार हटाएर प्रेस युनियनका कार्यकर्ताले भरेका छन् । गोरखापत्र टाट पल्टाउने कार्य भइरहेको छ । पत्रकार महासंघ यो संस्थाभित्रको बेथितीलाई थाहा नपाएजस्तो गरिराखेको छ । विज्ञापन बोर्डले छापा माध्यमका स्वरोजगारमुलक पत्रिका चलाएर जीविका धानेका सदस्य न्यून छन् । सचिव पदमा पुगेका गोविन्द चौलागाईं आफ्नो स्वार्थ बढीलाई बढी ध्यान दिन्छन् र संस्थागत सेवामा कम ध्यान दिन्छन् । काठमाडौं जिल्लाले विज्ञापन बोर्डलाई सजग बनाउँदा महासंघको नाममा गोविन्द एक्लै पुगेर बाधक बनेका घटना पनि भृकुटीमण्डपभित्र चर्चा चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *