कांग्रेसभित्र दक्षिण र पश्चिमको भर्दा भद्रगोल

राजनीति समाचार

काठमाडौं । यतिबेला नेपाली कांग्रेसभित्र भाडभैलो मच्चिएको छ । किन कि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन लाग्दा खेरी कांग्रेस पार्टीभित्रकै नेताहरुबाट अन्तर्घात भएपछि यतिखेर नेपाली कांग्रेस एकाएक प्रतिपक्ष दल बन्न पुगेको छ । र, नेपाली कांग्रेसले कुनै पनि संवैधानि निकायमा उसको अस्तित्व नरहने अवस्था देखिएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाश शरण महत, आरजु देउवा र रमेश लेखक जस्ता नेताहरुले नेपाली कांग्रेस पार्टीलाई सिध्याउने काम गरेको आरोप लागेको छ । यिनै लोभीपापी नेताका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक गठबन्धन तोडेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरणमा पुग्न वाध्य भएका थिए ।

किन कि राष्ट्रपति र प्रधानमन्त्री कांग्रेस आफैले राख्नुपर्ने जिकिर यिनै नेताहरुले गर्दा प्रचण्डले गठबन्धन तोडेका हुन् । कांग्रेस नेता पूर्णबहादुर खड्काले भने यसरी होइन मिलेर जाऔं भन्दै गर्दा त्यो असम्भव भयो । उता नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गराइरहेको अवस्थामा भित्रभित्रै वामगठबन्धन बनाएर अगाडि जाने खेल चीनमै बनाइएको बताइन्छ । हुन पनि अहिले नेपाली राजनीतिभित्र त्यस्तै खेल भएको विश्लेषकहरुले बताउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *