राष्ट्रपतिको विषयमा बहस चल्दाचल्दै कार्यकारी

राजनीति समाचार

काठमाडांै । राजनीतिक पार्टीभित्र एकापसमा मनमुटाव हुँदा नेपाली राजनीतिमा नयाँ समिकरण बनेको छ । राष्ट्रपति र प्रधानमन्त्री पदमा कार्यकारी को बन्ने भन्ने बहस धेरै पहिलादेखि चल्दै आएको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका पार्टीभित्र बहस चलिरहँदा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपति बनाउनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेको थियो ।

माओवादीबाट त्यो आवाज आए तापनि यतिखेर नेपालको राजनीतिक क्षेत्रमा बहस चलिरहँदा आखिरी राजनीतिक दलहरुकै कारण नेपालको कार्यकारी राष्ट्रपति नै हुने लाइनमा राजनीतिक समिकरण बनेको छ । किन कि राजनीतिक दलहरुले उठाएको आवाजलाई यतिखेर प्रमाणित हुन पुगेको छ ।

कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीबीच को हुने भन्ने मतभेद भइरहँदा अहिलेको राजनीतिक समिकरण हेर्दा कार्यकारी राष्ट्रपति नै बन्ने अवस्था देखिन्छ । यी दलहरुले उठाइरहेको मुद्दालाई यतिखेर कुनै पनि राजनीतिक दलको माग नभइ एकाएक कार्यकारी राष्ट्रपति राजनीतिक दलबाटै बनाइसकेका छन् । राष्ट्रपतिको चुनाव नै नगरी राजनीतिक दलहरुले कार्यकारी राष्ट्रपति बनाइदिएका छन् ।(तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *