आइएमइ जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

अर्थ/वाणिज्य समाचार

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्सले माघ ९ गते बार्षिक साधारणसभा डाकेको छ।

सभाले गत बर्षको नाफाबाट छुट्याएको लाभांश पारित गर्ने छ।

कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने छ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ छ।

कम्पनीले दिने लाभांशमा दाबी गर्न माघ २ गतेसम्म कायम सेयरधनी हुनु पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *