राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट बिक्रीमा राख्यो

अर्थ/वाणिज्य समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटरस्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।

राष्ट्र बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखिएको छ।

इच्छुक व्यक्ति तथा संस्थाले मूल्य कबुल गरेर ४५ दिनभित्र आवेदन दिन सक्छन्। मूल्य प्रतिस्पर्धाको माध्यमबाट तय हुने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *