के अब नेपाली युवायुवतीले रोजगारीको लागि विदेशिनु पर्दैन ?

विविध सम्पादकीय

सावित्री खत्री
काठमाडौं । नयाँ सरकार गठनसँगै अधिकांश नेपाली युवायुवतीहरु विदेशिने हुन् कि नयाँ सरकारले उद्योग धन्दा खोलेर उनीहरुलाई स्वदेशमै रोजगारी मिलाउने हो त्यो भने अहिलेसम्म एकिन भइसकेको छैन । श्रम तथा रोजगार मन्त्री कुन पार्टीको भागमा पर्छ र मन्त्री को बन्ने हो अहिलेसम्म पक्का भएको छैन । यतिखेर मेनपावर व्यवसायीले अनलाइन सिस्टमबाट विदेश पठाउने कामदारहरुलाई श्रम स्वीकृति लिन ताहचल शाखामा भीड लाग्ने गरेको छ ।

किन कि कतिपय मेनपावर व्यवसायीहरुले श्रम स्वीकृतिको लागि कामदारलाई अनलाइनमार्फत फारम भरेर पठाए तापनि कतिपय नमिलेको डकुमेन्टहरु कर्मचारी र मेनपावर सञ्चालकहरुले मिलाउने र बेलुका भएपछि मेनपावरका कर्मचारीहरु अनिवार्य ताहचल शाखामा पुग्नै पर्ने हुन्छ । यसरी जानु भनेको कर्मचारीलाई पैसा पेमेन्ट गर्नु हो ।

कतिपय देशमा जानको लागि अनलाइन फर्म भरेर पठाइसकेपछि पनि यो डकुमेन्ट मिलेन, त्यो डकुमेन्ट मिलेन भनेर अनलाइनमार्पmत् नै मेनपावर सञ्चालकलाई पठाउने गरेका छन् । मेनपावर कम्पनीले पनि यी सानातिना कुरालाई तपार्इंहरुले इस्यू नबनाउनुहोस् तपाईं हाम्रो कुरा भरे बेलुका भइहाल्छ भनेपछि ताहाचल शाखामा कार्यरत कर्मचारीहरुले सबै डकुमेन्ट पु¥याएको भन्दै श्रम स्वीकृति दिने गरेका छन् ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई फिरी भिसा, फिरी टिकट भने तापनि नेपाललाई राजश्व नउठ्ने र मेनपावर व्यवसायीलाई पनि फाइदा नहुने देखिन्छ । तर, कतिपय नाम चलेका मेनपावर कम्पनीहरुले अधिकांश तिर्नुपर्ने राजश्व नतिरेर छली गर्दै आएका छन् । अहिले त मेनपावर कम्पनीहरुले फिरी भिसा, फिरी टिकटको बहाना बनाएर राजस्व छलीरहेका थुप्रै उदाहरणहरु छन् ।

तर, मेनपावर कम्पनीले मलेसिया, कतार, बहराइन, साउदी, दुबई, अफगानिस्थान जस्ता ेशहरुमा युवा युवतीहरु पठाउँदा देश हेरेर न्यूनतम पनि १ लाख ८५ हजारदेखि ३ लाख ५० हजारसम्म अहिले असुलिरहेका छन् । यतिखेर मेनपावर व्यवसायीले फिरी भिसा, फिरी टिकटमा विदेश पठाएको भनेर पैसा असुल्ने गरेका छन् । विदेश जाने युवायुवतीहरुले पनि बिना भरपाइ, बिना कागज मौखिक रुपमा विश्वास गरेर पैसा दिने गरेका छन् ।

यसरी दिएको पैसाले उनीहरु विदेशिने गरेका छन् । विदेशमा पुगेपछि स्वतः आफू ठगिएको महसुस ती युवायुवतीहरुले गर्ने गरेका छन् । विदेशमा गएपछि मेनपावरले भनेअनुसारको काम नपाउने र खान बस्ने समस्या हुने गरेकाले ती युवायुवतीहरुले मेनपावर कम्पनीमा उजुरी गर्दासमेत सुनुवाइ हुने गरेको छैन । कतिपय युवाहरुले लाखौ पैसा बुझाए तापनि फिरी भिसा, फिरी टिकटको नाममा गएको कारण मेन पावर कम्पनीले भन्ने गरेका छन् ।

तिमीहरु फिरिमा विदेश पनि जाने अनि भनेजस्तो काम र सुविधा पाइएन भन्न मिल्छ भन्दै उल्टै ती युवायुवतीहरुसँग रुष्ट हुने र पीडितको कुरा नसुन्ने गरेका थुप्रै उदाहरणहरु छन् । यतातिर कर्मचारी र मेनपावर मिलेर लाखौं उठाउने, उता युवायुवतीलाई विचल्लीमा पार्ने खेल भइराखेको छ । अब बन्ने श्रम तथा रोजगार मन्त्रीले यी र यस्ता समस्याको समाधान गर्न सक्छन् कि सक्दैनन् ? तर, अब बन्ने मन्त्री श्रम र वैदेशिक रोजगारसम्बन्धी ज्ञान र क्षमता भएको मन्त्री बनेमा केही राहत मिल्थ्यो कि भन्ने आमसर्वसाधारण युवायुवतीको चासोको विषय बनेको छ । (तामाकोशी सन्देशमाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *