पोप फ्रान्सिसको अवस्था चिन्ताजनक

विविध समाचार

काठमाडौं । ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भ्याटिकन सिटीले विज्ञप्ति मार्फत पोप फ्रान्सिसको दुबै फोक्सोमा निमोनिया भएको जानकारी दिएको हो । भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपको अवस्था खतरामुक्त नरहेको बताएको छ ।

८८ वर्षीय पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको बताइएको छ । उनको स्वास्थ्य खराब हुदै गएको जानकारी दिइएको छ ।

पोप फ्रान्सिसको रोमस्थित जेमेली अस्पतालमा उपचार भइरहेको छ । पोप प्लेटलेट काउन्ट घटेको र रक्तअल्पता पनि रहेकाले उनलाई रगत पनि चढाइएको जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *