काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।
आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखमा रहेका छन्।
भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउने भएका छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेभएपछि एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्ने भएकाले भट्टराई छोटो समयका लागि एआईजी बन्न लागेका हुन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।