त्रिशुली नदीमा रानाको शव १० दिनपछि फेला

समाचार

काठमाडौं । त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता रोहित रानाकै भएको पुष्टि भएको छ। सशस्त्र प्रहरीको गोताखोरले आइतबार उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारेको हो ।

उनी भारतीय सेनामा कार्यरत थिए ।नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६-०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

जसअनुसार आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *