मौसमको अनुकूलताले गर्दा नेपालमा वायु प्रदूषण उच्च

राजनीति समाचार

मौसम वायुमण्डलको अवस्था भएकोले पृथ्वीको सतहमा हुने प्राकृतिक प्रक्रियालाई जनाइन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरु ट्रोपोस्फेयरमा घट्ने गर्छन् । नेपालको तापक्रम ०.०५६ डिग्री सेल्सीयसले नेपालको औसत वार्षिक तापमान बृद्धि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निचोडले नेपालमा वार्षिक अधिकतम तापक्रमको बृद्धि दर तराईभन्दा हिमाली क्षेत्रमा बढी देखियो । अधिकतम तापक्रमको बृद्धिले स्पष्ट रुपमा देशव्यापी तापमान बढेको देखिन्छ ।

वायुमण्डलमा स्वभाविक र प्रकृतिक किसिमले निरन्तर रुपमा हावापानीको गतिविधि सञ्चालन धाइरहेको हुन्छ । विहान चिसो हुने,दिउँसो घाम लाग्ने, घाम लाग्दा लाग्दै बदली भई पानी पर्ने र हावा चल्ने आदि । दैनिक रुपमा हामीले महशुस गर्दै आएको तापक्रम, वर्षा र हावाको बहावको अवस्थालाई मौसम भनिन्छ, अर्थात् मौसम निरन्तर परिवर्तन भइरहन्छ । जस्तै ः बिहान देखि बेलुकी सम्म दिनको मौसम एकनास हुँदैन । सूर्यको ताप, वायुको चाप वा गति, बादल आदि कारणले प्रत्येक दिन, महिना र ऋतुअनुसार मौसम बदलिई रहन्छ, जसले गर्दा जाडो, गर्मी, वर्षा आदि अवस्थाको सृजना हुन्छ ।

विश्वको तापक्रम बढि रहेको अवस्था छ । पृथ्वीको सतहको सरदर तापक्रम सन् १८५० यता १.१ डिग्री सेल्सियसले बढेको छ । पछिल्लो चार दशकमा हरेक अघिल्लो दशकभन्दा तातो रहँदै आएको छ । यो निष्कर्ष विश्वका विभिन्न भागमा संकलन गरिएका दशौं तथ्याङ्कको विश्लेषणबाट निकालिएको हो ।अहिले वैज्ञानिकहरुले प्राचीन समयमा हुने गरेको तापक्रमको उतार चढाबपनि गणना गर्न सक्छन् । रुख काट्दा देखिने गोलो घेरा, हिउँको भित्री भाग, तलको थिग्रयान र समुद्रका कोरलको अध्ययनले सबै पहिलेको मौसम कस्तो थियो भन्ने कुराको सङ्केत दिन्छन् । त्यसैका आधारमा पहिला मौसमको बारेमा जानकारी पाउन सकिन्छ । वैज्ञानिकहरुको अनुमानमा एक लाख २५ हजार वर्षयता पृथ्वी तातो थिएन ।

जमिनमा, पानी जहाजमा र स्याटलाइटमा रहेका मौसम स्टेशनहरुमा रेकर्ड भएका तापक्रमलाई आधार बनाइएको अवस्था थियो । थुप्रै स्वतन्त्र वैज्ञानिकहरुको समूह एउटै निष्कर्षमा पुगेका छन्, कि औद्योगिक युग शुरु र पृथ्वीको तापक्रम बृद्धि एउटै समयमा भएको छ ।
विश्वव्यापी तापक्रममा बृद्धिहुनुको कारणहरु :

मानव गतिविधि र तापक्रममा बृद्धिबीच महत्वपूर्ण सम्बन्ध उत्सर्जित हरित गृह ग्यासले देखाउँछन् ।
हरित गृह ग्यासले सूर्यको तापक्रम सोस्छ र तापक्रम बढाउँछ ।
वायुमण्डलमा अत्याधिक मात्रामा रहेको कार्बन डाइअक्साइड सबैभन्दा महत्वपूर्ण उदाहरण हो ।
कार्बन डाइअक्साइडले नै सूर्यको उर्जा सोसेको हामी भन्न सक्छौं ।
स्याटालाइटहरुले पृथ्वीबाट थोरै ताप मात्र बाहिर फर्किरहेको देखाउँछ । तिनको वेभलेन्थ कार्बन डाइअक्साइडले फ्याँक्ने उर्जाको वभलेन्थसँग मिल्छ ।
खनिज तेलको प्रयोग र रुख काट्नुले यस्तो हरित गृह ग्यासको मात्रा बढेको छ ।
दुबै गतिविधि १९ औं शताब्दीयता द्रुत गतिमा बढि रहेको छ । यसै समयमा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा पनि अत्याधिक बनेको पाइनु यसमा कुनै आश्चर्यजनक छैन ।

जलवायु : कुनै ठाउँको मौसमको लामो समय (लगभग ३० वर्ष)को औषात अवस्थालाई त्यस ठाउँको जलवायु भनिन्छ । जलवायुका सूचकहरु सामान्यतया स्थिर नै रहन्छन् । जस्तै असार,साउनमा वर्षाहुनु पुष, माघमा जाडोहुनु, चैत वैशाखमा सुख्खा हुनु । तापक्रम र वर्षाले जलवायुको अवस्थालाई जनाउँछ जुन लामो समयसम्म स्थिर नै रहन्छ ।

जलवायु परिवर्तन : हाम्रो जीवनमा हेर्दाहेर्दै हिउँद तथा वर्षाका दिनहरु बदलिन थालेका छन् । गर्मी हुने दिनहरु बढ्न लागेका छन् । गर्मी महशुस गरिएका ठाउँमा धेरै नै गर्मी हुन थालेको छ । दिनको संख्या तथा रात दुबै केही दशक पहिलेभन्दा बढी तातो भइरहेका छन् । ठण्डा दिन तथा रात कम हुँदै जाँदै छ, लामो समयदेखि जलवायुका सूचकहरु (हावा, पानी तथा तापक्रम)मा आएको भिन्नताले जल र वायुको चक्रमा पनि परिवर्तन ल्याएको छ । मौसम विज्ञहरुले जल र वायुमा आएको यो परिवर्तनलाई नै जलवायु परिवर्तन भनेका छन् । कुनै निश्चित ठाउँको लामो समय अवधि (लगभग ३० वर्ष)मा तापक्रम, वर्षा र हावाको अवस्थामा भएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । यसमा तापक्रम, वायुको वहाब, पानी तथा हिउँ पर्ने तरिका आदि कुरामा आएका परिवर्तनहरु पर्दछन् जस्तै ः माघ महिनामा तीस वर्ष अगाडि र हाल हुने जाडोको तुलना वा तीस वर्ष अगाडि हिउँदमा पर्ने पानी र अहिले हिउँदमा पर्ने पानीको तुलना गर्दा देखिने परिवर्तन नै जलवायु परिवर्तनको संकेत हो । यही लामो अवधीका तथ्यांकहरुको विश्लेषणका आधारमा वैज्ञानिकहरुले जलवायु परिवर्तन हुँदै आएको छ भन्ने निष्कर्ष निकालेका छन् ।

जलवायु परिवर्तनले नेपाल बढी जोखिममा हुनुको कारणः
जलवायु परिवर्तनका कारण बृद्धि हुँदै गएको तापक्रमले हिमाली मुलुकहरु उच्च जोखिममाम पर्दै गएका छन् र नेपाल पनि त्यसमा अछुतो रहन सक्दैन । नेपालको अर्थतन्त्र कृषि, जलस्रोत एवं जैविक विविधतामा निर्भर रहेको छ । जलवायु परिवर्तनका कारण यी तिनै क्षेत्रहरु कृषि, जलस्रोत र जैविक विविधता पनि प्रभावित हुँदै गएका छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका क्षेत्रमा जलवायु परिवर्तनले प्रभाव पार्दै जाने तर यसबाट अनुकूलित हुनका लागि आवश्यक स्रोत साधनको भने अभाव हुने अवस्था रहेकोले नेपाल बढी जोखिममा रहेको मुलुकको रुपमा पहिचान भएको छ । अन्य क्षेत्रको तुलनामा नेपालमा जलवायु परिवर्तनको बढी असर पर्नुका कारण निम्न रहेका छन् :

भौगोलिक संरचना : नेपालको कुल भूमि मध्य १४ प्रतिशत तराई, १३ प्रतिशत चुरिया, ३० प्रतिशत उच्च पहाड र २३ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । तराई समथर भाग, चुरे,बेंसी हुँदै उच्च पहाड, हिमाल तथा उच्च हिमालको रुपमा नेपालको भू–सतह रहेको सर्वोच्च शिखर सरगमाथा (८८४८मिटर) सम्मको उचाइमा विविध भौगोलिक अवस्था,भिर–पहरा, दुन आदिले भरिपूर्ण रहेको कारण जलवायुमा आउने सानो परिवर्तनले पनि ठूलै हानी नोक्सानी हुने जोखिम सृजना गर्दछ ।

जैविक विविधता : नेपालको क्षेत्रफल (१,४९१८ वर्ग कि.मी)ले विश्वको कुल भू–भागको ०.०३ प्रतिशत मात्र ओगटेको छ । तर जैविक विविधताका दृष्टिकोणले विश्वमा २५ औं र एसियामा ११औं स्थानमा पर्दछ । यहाँको भौगोलिक बनावटले जैविक विविधता थोरै क्षेत्रमा फैलिएको र विशेष खालको जलवायुमा पाइने हुनाले जलवायुमा हुने परिवर्तनले पनि निकै प्रभाव पार्दछ । यसैगरी सिमसार, हिमालय लगायतका विविध पर्यावरणीय प्रणाली रहेको नेपालमा जलवायुमा हुने सानो उतार चढावले पनि जैविक विविधतामा नकारात्मक ह«ास आउन सक्छ र यो क्रमको शुरुवात भइसकेको छ । नेपालको हकमा जैविक विविधतामा नकारात्मक असर पर्नु भनेको समग्र अर्थतन्त्र र जीविकोपार्जनमा नै असर पार्नु हो ।

कमजोर अर्थतन्त्र : नेपालको अर्थतन्त्र कृषि, पर्यटन तथा अन्य प्राकृतिक स्रोतमा निर्भर छ । नेपालको कुल ग्राहस्थ उत्पादन मौसमी अनुकूलता तथा प्रतिकूलतामा भर पर्दछ । वर्षेनी वर्षाको मात्रा, बारम्बर तथा स्थितिमा आउने प्रतिकूलताको कारणले खाद्यान्न संकट बढ्दो छ । हिमालमा हिउँ कम हुने, प्राकृतिक प्रकोपमा बृद्धि हुने तथा प्राकृतिक अवस्थाको कारणले जिविकोपार्जनका अन्य उपायहरु तथा जलस्रोतको उपयोग, पर्यापर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन आदिमा कमी आउन सक्छ । जलवायु परिवर्तनको कारणले परिवर्तित परिस्थितिमा अनुकूल हुन तथा बढ्दो जोखिम नियन्त्रण गर्नको लागि नेपालमा आर्थिक स्रोतको अभाव रहेको छ ।

जनचेतनाको कमी : जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा पर्दै आएको भएतापनि यसबाट पर्ने प्रभाव र सिर्जना हुन जाने जोखिमका बारेमा खासगरी प्रभावित समुदायका मानिसहरुमा जनचेतनाको कमी रहेको छ । जलवायु परिवर्तनका कारण यसको न्यूनीकरणका उपायहरुको बारेमा प्रभावित समुदायका मानिसहरुलाई समयमै सचेतना भएन भने बढी जोखिम न्यूनीकरणका उपायहरुको बारेमा प्रभावित समुदायका मानिसहरुलाई समयमै सचेतना भएन भने बढी जोखिमहरु सिर्जना हुन जान्छन् ।

क्षेत्रीय प्रभाव : नेपाल दुई विकासोन्मुख राष्ट्रहरु चीन तथा भारतको बीचमा रहेको छ । दुबै देशहरु औद्योगिकीकरणका कारण उत्पन्न हुने हरितगृह ग्यासका साथै वायुमण्डलीय खैरो (कालो) बादल चिस्यान भएको क्षेत्रमा एकत्रीत भएर बस्ने र सो बादलले भन्दा बढी तापक्रम सञ्चय गरेर राख्ने कारणले नेपालको हिमाली क्षेत्रमा बढी प्रभाव परेको वैज्ञानिकहरुको दाबी रहेको छ ।

जलवायु परिवर्तनमा वनको भूमिका : वन बिनास र वन क्षयीकरण भएमा कार्बन उत्र्सजन हुने भएकोले वनको संरक्षणका माध्यमबाट कार्बन उत्सर्जन कटौती र कार्बन सञ्चितको माध्यम पनि हो । त्यस्तै वनले जलवायु परिवर्तनका कारण सिर्जित जोखिमको सामना गर्ने र परिवर्तित अवस्थामा अनुकुलित हुनका लागि समेत मद्दत गर्दछ ।

निष्कर्ष : आधुनिकीकरणको कारणले जथाभावी रुख, बिरुवा काट्दै उद्योगहरु सञ्चालन भैरहेकोले गर्दा स्थानअनुसार एउटै ठाउँमा पनि पानी पर्ने, पानी नपर्ने भैरहेकोले यसलाई खण्डवृष्टि पनि भनिने गर्छ । जल, वायु, जमिन र ध्वनि प्रदूषण लगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा विभिन्न सरकारी स्तर देखि लिएर जनसमुदायमा हामी आफै सचेत हुन जरुरी रहेको छ ।
स्रोत : बिबिसी, विभिन्न अनलाइनबाट साभार गरिएको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *