भ्रष्ट दलहरुको गैरकुशल आर्थिक व्यवस्थापनले गर्दै नेपाल राष्ट्र नै ज्यालादारीमा चलेको मुलुक भएकोछ । नेपाली जनताको भात भान्सा बढो मुस्किलले चलीराखेको छ ।
नेपाली जनता महंगी र आर्थिक संकटको दोहोरो मारमा परेकाछन । काम गरी पसिना बगाएर खानको लागि भरपर्दो नोकरी छैन । किनेर खानको लागि एक त बिदेशबाट आयात गरिएको खाद्यसामाग्री महंगा छन भने हातमा नगद पनि छैन । आपद् विपद् परेका बेला घर व्यवहार चलाउन मुस्किलले जगेडा गरी राखेको चल अचल सम्पत्ती सबै बिस्तारै सकिएकाछन । जसको घरबाट वैदेशिक रोजगारीमा कोही गएका छैनन् त्यस्ता परिवारका लागि घर व्यवहार चलाउनको निमिक्त फलामको चिउरा चपाउनु बराबर नै भईरहेकोछ । प्राय नेपालका घर परिवारको दैनिक गुजारा वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्सबाटै चल्ने गरेकाछन । जसको घर परिवारबाट वैदेशिक रोजगारीमा गएकाहरु कोही छैनन् भने त्यस्ता घर परिवारका लगि नेपालको बसाई साह्रै नै कष्टकर बनीसकेकोछ । दलहरुले एक घर परिवार एक रोजगार नीति भनेको पनि भ्रम फैलाउने राजनीतिक गफ नै रहेछ किनकि कुनै न कुनै दलमा आबद्ध नभएकाहरुको लागि सामान्य नागरिकले पाउने सरकारी सेवा सुबिधा लिनको लागि पनि पाहाडै फोरेको बराबरको मेहनत चाकडी चापलुसी गर्न सक्नु पर्छ ।
उहिले नेपाली जनताले शामन्ती भनीठानेकाहरु नै अहिले मिटरव्याजी, सहकारी, वित्त कंपनी, लघुवित्त बैंक, निजी बैंक, निजी अस्पताल, स्कुल, कलेज र विश्वविद्यालय खोलेर सहरहरुमा बसेकाछन । तिनीहरुले नै नेपाली जनतालाई अनेक प्रकारले घुमाईफिराई सहयोग गरेको जस्तो बाहानाबाजी गरी ठगीरहेकाछन । दलका शीर्ष नेताहरु देखि लिएर राजनीतिक कार्यकर्ताहरु सम्म तिनै नवशामन्तीहरु द्वारा पालित पोषित भएको हुँदा आम नेपाली जनताको सुनाई काँही कतै हुने गरेकोछैन । नेपालमा यस्तो हालत उत्पन्न भएपछि घर परिवार गाउँ सहर हुँदै पुरै राष्ट नै दैनिक ज्यालादारी कामदार सरहमा रुपान्तरित भईसकेका छन । हाल सत्तामा मस्ती गरी तर मारी बसेको ओली–देउवा सरकारले ठुला ठुला कुरा जति गरेपनि नेपाली जनताको बिकास उन्नती गर्नको लागि नेपाली जनताको बिकास र उन्नतीमा केन्द्रित भएको नीति बनाएर त्यसलाई वास्तविक धरातलमा नै ठोश भौतिक रुप दिने प्रयास गरेका छैनन् । दलका भ्रष्ट शीर्ष नेताहरुले नेपाली जनताको भन्दा आफ्नो र आफ्ना राजनीतिक कार्यकर्ताहरु कै उन्नती बिकासको लागि ज्यादा ध्यान दिने गर्दै आएकाछन । यस्ता स्वार्थी राजनीतिक दलहरु सत्तामा भए सम्म वा रहे सम्म अब नेपाली जनताको भलो हुने अवस्था नेपालमा विद्यमान हुन सक्दैन ।
अहिलेको ओली–देउवा सरकारलाई व्यापारीहरु र व्यवसायीहरुबाट बनेको स्वार्थ समूहले सत्तामा ल्याएका हुँदा ओदे सरकारले त्यहि स्वार्थ समूहको हितमा मात्रै काम गर्दै आएकाछन । ओदे सरकारको प्रधानमंत्री ओली व्यापारीहरु र व्यवसातीहरुको पुरोहित नै बनेर तिनीहरुलाई खुसी पार्न समर्पित भएर नै लागेका छन । भ्रष्टचारको आरोप अदालतबाट साबित भईसकेको एक व्यापारीवाट प्रधानमंत्री ओलीले सार्वजनिक कार्यक्रम नै गरी ६ अर्व दान भन्दै घुष लिएका थिए । व्यापारी र व्यवसायी यजमानहरुले पनि आफ्नो स्वार्थ पुरा गर्न गराउनको लागि ओदे सरकारलाई पुरै पैसाको सहयोग गरीराखेका छन । भ्रष्ट दलहरुको मतियार बनेका व्यापारीहरु र व्यवसायीहरुले पनि आफ्नो निजी पैसा ओदे सरकारलाई दिनु पर्ने होइन । सरकारी आय कर र भ्याट छलेर बचत भएको वा गरेको आम्दानीबाट नै व्यापारीहरु र व्यवसायीहरुले ओदे सरकारलाई सलामी चढाउने हुन । वास्तविक रुपमा यसरी भ्रष्टाचार हुँदा अप्रत्येक्ष मारमा पर्ने भनेको त नेपाली जनता नै हुन । १२ भाई मेडिया समूह भनी आरोप लागेका व्यापारीहरु र व्यवसायीहरुको समूहले नै ओदे सरकार निर्माण गरेका हुन । ओदे सरकार बनेपछि स्वार्थ समूह भित्रका व्यापारीहरु र व्यवसायीहरले कर भ्याट देखि लिएर बाँकी बक्यौता सम्म मिनाह पाएका वा पाउनेवाला छन ।
स्वार्थ समूह भित्रका व्यापारीहरु र व्यवसायीहरुले नेपालका सबै व्यापारहरु र व्यवसायहरुलाई नियंत्रण र निर्देशित गरी बसेकाछन । उस्तै परेमा नेपालको आर्थिक अवस्थालाई डामाडोल पारीदिन सक्ने आफ्नो हैषियत उक्त व्यापारीहरु र व्यवसयीहरुले नेपालमा बनाईसकेका छन । नेपालको आर्थतंत्रलाई कुनै पनि बेला आफ्नो स्वार्थ पुरा नहुने भएपछि ध्वस्त बनाउन सक्छन । दलहरुको ३६ बर्षे लामो कुशासनले गर्दा एउटै व्यक्तिले नेपालको सबै व्यापारहरु र व्यवसायहरुलाई नियंत्रण गर्न सक्ने भएकाछन । यस्तो संसारका अन्य कुनै मुलुकमा छैन तर नेपालमा भने भ्रष्ट दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको भविष्य बिगार्ने गरी नीतिहरु बनाएर बाहिरका व्यापारीहरु र व्यवसायीहरुलाई पोष्णे काम गरीरहेकाछन । दलहरुको राष्ट्र प्रतिको यस्तो गद्दारीलाई इतिहासको कुनै काल खण्डामा अवस्य पनि दण्डित तुल्याउने छन । ओली–देउवा सरकार अथवा ओदे सरकारको व्यवस्थापन भनेको ऋण गरी गरी घीउ खाने व्यवस्थापन नै हो । भ्रष्ट दलहरुको यस्तो व्यवस्थापनले गर्दा नै नेपालको राष्ट्रिय ऋण २७ खर्ब पुगेको कुरा नेपाली जनताले बुझीसकेका छन ।
तैपनि ओदे सरकारको प्रधानमंत्री ओली लाजै नमानी नेपाल राष्ट्रलाई गरिब बनाएको आरोप राजतंत्र र पञ्चायती व्यवस्था माथि लगाईरहेका छन । दलहरु भ्रष्ट नभएको भए नेपालमा वस्तविक लोकतंत्र नै ल्याएको भए नेपाल राष्ट्रको यस्तो नाजुक हालत बन्ने नै थिएन । नेपाली जनताको लागि बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्था नेपालमा निर्माण हुने नै थिएन । भ्रष्ट राजनीतिक दलहरुले नेपालमा आआफ्नो सुरुची अनुसारको दलतंत्र साथै नेतातंत्र चलाएका छन र नेपाली जनतालाई यहि हो संघियता र गणतंत्र भन्दैछन । भ्रष्ट दलहरुले नेपालबाट कानुनी राजलाई समाप्त पारीसकेका छन । नेपालको पुलिस प्रशासन अड्डा अदालतमा दलका राजनैतीक कार्यकर्ताहरुलाई नियुक्त गरी भर्ने काम दलहरुले अपसमा सरकारी लाभका पदहरुको भागबण्ड गरी पुरा गरेकाछन । नेपालको न्यायपालिका देखि लिएर नेपाली सेना सम्म दलहरुको त्यस्तो हस्तक्षेपले उक्त संस्थाहरुको पेशागत कार्यहरु प्रभावित भईसकेका छन । भ्रष्ट दलहरुले समानुपातिक र समाबेसी आरक्षण नीतिको दुरुपयोग गरी प्रहरी प्रशासन अड्डा अदालत र नेपाली सेनामा समेत आफ्ना अयोग्य राजनीतिक कार्यकर्ताहरुलाई छिराएर उक्त संस्थाहरुको गुणस्थारिय सेवालाई प्रभावित तुल्याएकाछन ।
सोही समानुपातिक र समावेसी नीतिहरुको दुरुपयोग गरी भ्रष्ट दलहरुले व्यवस्थापिका संसदमा आफ्नै श्रीमती वा चुनाव जित्न नसकी अयोग्य भएकालहरुलाई पनि साँसद बनाएर ओदे सरकारको मंत्री समेत नियुक्त गरेकाछन । दलहरु भ्रष्ट मात्र नभएर लोभी पनि भएकाले नेपाल राष्ट्र र नेपाली जनतालाई दोहोर तेहरो तरिकाले शोषण गरीरहेकाछन । तैपनि नेपाली जनताले बिरोधमा आवाज निकाल्न सकीरहेको छैन किनकि भ्रष्ट दलहरुले आफ्नाको लागि लोकतंत्रको अभ्यास गरेपनि आम नेपाली जनताले संघियता र गणतंत्रको बिरोध गर्न नपाईने भनी उर्दी जारी गरेकाछन । शान्तिपूर्ण जुलुश रैली निकालेर आफ्नो लोकतांत्रिक हक अधिकार खोज्ने र प्रयोग गर्ने नेपाली जनतालाई सरकारी पक्षले नै भिजीलान्तेहरु मार्फत कपट नीति प्रयोग गरी जेल हाल्ने सम्मको कार्यबाहीहरु भएकाछन । आज सम्म पनि भ्रष्ट दलहरुले जेलमा हालेका आम नेपाली जनताका नेताहरुले निसाफ पाउन सकेका छैनन् किनकि नेपालको न्यायपालिका पनि पूर्णरुपले दलहरुको हस्तक्षेपले गर्दा प्रभावित भईसकेको अवस्था नेपालमा कायम छ । नेपाल राष्ट्र र नेपाली जनतालाई बिभाजित तुल्याएर आआफ्नो कव्जामा राखी नेपालमा एमाले, नेपाली काँग्रेस र माओवादी तीन ठुला दलहरुको शासन व्यवस्थालाई निरन्तरता दिने तयारी भ्रष्ट दलहरुले गरीरहेकाछन ।
यसो गर्दा उक्त तीन ठुला दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको भविष्यको बारेमा सोचेका छैनन् । नेपाल राष्ट्र र नेपाली जनतालाई निरन्तर कमजोर पार्दै बनाउँदै लगेकाछन । नेपाल राष्ट्र र नेपाली जनता भएमा वा रहेमा मात्रै दलहरु पनि रहन्छन भन्ने कुराको महसुस तीन ठुला दलहरुको शीर्ष नेताहरु ओली, देउवा र प्रचण्डले गर्न सकेका छैनन् । नेपाल राष्ट्र र नेपाली जनता भन्दा महत्वपूर्ण र ठुलो राजनीतिक दलहरु होइनन् भन्ने कुराको बोध तिनीहरुलाई गराउन नित्यान्त जरुरी भएकोछ । आज सम्म जसरी तसरी नेपाली जनताले दाल भात खान सकेका छन तर भोलीको दिनमा के खाने के गर्ने भनी व्यवस्थापन गर्नको लागि धन कमाउन र जगेडा गर्न नसक्दा नेपाली जनता आँत्ती सकेकाछन । नेपाली जनता सबैले देश छाडी गएपछि नेपाल राष्ट्रको अस्तित्वलाई जोगाउन वा बचाउनको लागि लड्ने नेपालमा कोही पनि बाँकी रहने छैनन् । भ्रष्ट दलका शीर्ष नेताहरु पहिले देखि नै बिदेशीको भरिया बनीसकेको हुँदा उहाँहरुले लाज गाल सबै पचाईसकेका छन । नेपाल राष्ट्र र नेपाली जनताको लागि यो निकै नै दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले “ राजा आउ देश बचाउ “ भन्ने महान राष्ट्रवादी जनअभियान नेपालमा सुरु भएकोछ । त्यसैगरी “जातजाती धर्म संस्कृति बचाउ“ भन्ने महान जनअभियान पनि राष्ट्रवादी नेता श्रीमान दुर्गा प्रसाईको नेतृत्वमा नेपालको पूर्वी भागबाट सुरु भएर नेपालको पस्चिमी भाग सम्म नै फैलीसकेको छ ।
अबका दिनहरु भनेको तीन ठुला दलहरुको लागि उखरमाउलो दिनहरु साबित हुनेछन । मनपरी तरिकाले नेपालमा शासन गर्दै आएका तीन ठुला दलहरुले टेक्ने , समाउने र अडिने सम्मको ठाउँ पाउनको लागि पनि कठिन बन्दै जाने छन । उहाँहरुको पापको घैला भरीएर अब फुट्ने अवस्थामा पुगीसकेको छ । दलहरुले नेपाली जनताको मनमा भ्रम छरी ३६ बर्ष शासन गर्न पाएकाछन । सोअवधिमा राम्रो काम गरी नेपाली जनताको मन जित्न सकेको भए उहाँहरु नेपाल राष्ट्र र नेपाली जनताको लागि अपरिहार्य बन्ने थिए तर उल्टो चालमा हिडेको हुँदा धोबीको कुकुर झै न घर न घाटको हुनेवाला छन । जनभावना अनुसार चल्न नसकेको हुँदा दलहरुको दुर्गतिको दिन चाँडै आएको महसुस गरी दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्डले पनि शान्तिपूर्ण तरिकाले सत्ता छाड्नु पर्छ जसरी राजा ज्ञानेन्द्रले बिगतमा उदाहरण पेश गर्नु भएको थियो ।