काठमाडौं । सर्वोच्च अदालतले डा.विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर गरेको छ ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्च प्रशासनले पौडेलविरूद्धको रिटलाई दरपीठ गर्ने भनेर गरेको निर्णयलाई नै सदर गरेको हो ।
आजै गभर्नर सिफारिश समितिले पौडेलको नाम गभर्नरमा सिफारिश गर्ने बुझिएको छ । अहिले सिफारिश समितिको बैठक जारी छ। आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ती गर्ने एक मन्त्रीले जानकारी दिए ।