प्रधानमन्त्री कप भलिबल भोलिदेखि सुरु,पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता

खेलकुद विविध समाचार

काठमाडौं । प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग हुने भएको छ ।

देशको पर्यटकीय राजधानी सहर पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको प्रधानमन्त्री कप सञ्चालन हुन लागेको हो ।
नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक काठमाडौं बाहिर हुन लागेको खेलमा सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेता टोलीले आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेता टोलीले चाररचार लाख तथा तृतीय हुने टोलीले दुईरदुई लाख रुपैयाँका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *