नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने, जेठ १० देखि २५ गतेसम्म बन्द

विविध समाचार

काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि जेठ १० देखि २५ गतेसम्म बन्द गरिने भएको छ।

बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र धादिङ प्रशासनको समन्वयमा यो निर्णय भएको हो। यसअघि राति बन्द गरेर निर्माण हुँदै आएको थियो ।

आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने जनाएपछि प्रशासनले अनुमति दिएको हो। प्राविधिक कारणले दिउँसो निर्माण गर्नुपर्ने भएकाले अनुमति दिइएको प्रजिअ तिवारीले जानकारी दिएका छन् ।

सूचनाअनुसार काठमाडौंबाट जाने सवारी नागढुंगा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोकिनेछ। बन्दको समयमा वैकल्पिक मार्गका रुपमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *