विराटनगरको त्रिभुवन परीक्षा नियन्त्रक कार्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी,पहली कदम नचाले आन्दोलन चर्काउने चेतावनी

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ ।

कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरुको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता भएकोले विरोध स्वरुप अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । विराटनगर महानगर समितिले विद्यार्थीहरुको परीक्षा केन्द्र नजिकै कार्यालयमा राख्नुपर्ने जस्ता विभिन्न मागहरु राखेर परीक्षा नियन्त्रक कार्यकक्षमा मंगलबार देखि तालाबन्दी गर्नुको साथै तत्काल कुनै पहली कदम नचाले आन्दोलन चर्काउने समेत चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *