रुस र युक्रेन युद्ध रोक्न भ्याटिकनले मध्यस्थता गर्ने प्रस्तावमा इटालीको समर्थन

विविध समाचार

काठमाडौं । नयाँ पोप लियोले रुस र युक्रेन युद्ध रोक्न मध्यस्थता गर्न गरेको प्रस्तावमा अमेरिकासहितका देशहरुले समर्थन जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता स्वीकार्य रहेको बताएपछि इटालीले पनि यसलाई समर्थन गरेको हो । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा सम्पर्क निर्माण गर्न र शान्तिको लागि काम गर्न तयार रहेको बताएको छ । साथै इटालीले भ्याटिकनमा वार्ता आयोजना गर्ने पोपको इच्छुकतालाई सकारात्मक रुपमा लिएको छ ।

यद्यपि, यस विषयमा अझै सहमति भने हुन सकेको छैन । गत शुक्रबार, टर्किमा रुसी र युक्रेनी अधिकारीहरूबीच पछिल्लो वार्ता भएको भयो । पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैं तयार रहेको र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *