सत्तामा पालैपालो तर मारी बसेका राजनीतिक दलहरुको ठुलो कमजोरी पहिले अपराधिक पृष्ठभूमि थियो भने अहिले भ्रष्टाचार नै ठुलो कमजोरी बनेकोछ । भ्रष्टाचार भनेको यस्तो अपराध हो जुन व्याक्ती वा राजानीतिक दललाई यसले छोयो त्यो स्वयम नै स्वचालित रुपमा भष्म हुँदै जान्छ । अहिले यसको लतमा सत्ताधारी एमाले र नेपाली काँग्रेस दल परेका छन् । । ऐन, नियम र कानुन नै बनाएर वा संसोधन गरी भ्रष्टाचार गर्ने राजनीतिक दलमा एमाले धेरै अगाडि पर्दछ । यसो त भ्रष्टाचार गर्ने राजानीतिक दलहरुको हारमा नेपाली काँग्रेस दल पनि धेरै पछाडि छैन ।
नेपाली काँग्रेसका नेताहरुले विगतमा गरेका वा उहाँहरुको पालामा भएका भ्रष्टाचारहरुको प्रकृतिलाई हेर्दा उहाँहरुले कागजात मिलाएर वा ऐन, नियम र कानुन नै फेरबदल गरी नियोजित रुपमा नै भ्रष्टाचार गरेको वा भएको देखिन्न । नेपाली काँग्रेस सत्तामा हुँदा भएको वा गरिएको आरोप लागेको भ्रष्टाचार काण्डहरुमा उक्त दलका नेताहरुको व्यक्तीगत भूमिका ज्यादा भएको देखिन्छ । एमालेको पालामा जस्तो नियोजत तबरले नै संस्थागत भ्रष्टाचार नेपाली काँग्रेसको पालामा भएको उदाहरण केही कतै भेटिन्न ।
साथै नेपाली काँग्रेसको पालामा नेपाली काँग्रेसका नेताहरुबाट गरिएको भ्रष्टाचार काण्डहरुको लागि उक्त दलका नेताहरुले अदालतबाट सजाय पाएर जबाफदेही पनि भएका छन् । । एमाले दलका नेताहरुको सोच यो मामलामा नेपाली काँग्रेस दलको भन्दा ठिक विपरित छ । एमाले दलका नेताहरुलाई भ्रष्टाचार गर्नु पर्ने तर उक्त भ्रष्टाचार गरे वापत जबाफदेही बनाउनु नहुने भन्ने छ ।
एमालेको यहि गलत सोचको प्रभावमा परी नेपाली काँग्रेसको पालामा शक्तिशाली बनाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ऐन, नियम र कानुन नै संसोधन गरी इतिहास कै सबै भन्दा कमजोर संस्था बनाएर राजनीतिक थिचोमिचोमा राखेका छन् । । भ्रष्टाचारलाई नियंत्रण गर्न भनी बनाईएका अन्य सरकारी संस्थाहरु जस्तो राष्ट्रिय सतर्कता केन्द्र, संपत्ती शुद्धिकरण बिभाग, नेपाल प्रहरीको सीआईबी आदि इत्यादि छन् । उक्त संस्थाहरु सबै सत्तामा भएका राजनीतिक दलहरु कै प्रभावमा परी काम गर्ने भएकाले स्वतन्त्र छैनन् । उक्त संस्थाहरुको काम भ्रष्टाचारीहरुलाई कार्यबाही गर्ने भन्दा पनि भ्रष्टाचारको आरोप खेपीबसेका सत्ताधारी दलका नेताहरुलाई कसरी बचाउने भन्ने कामको लागि प्रयोग भइराखेका छन् ।
नेपालमा लामो काल देखि राजनीति अस्थिरता चल्दै आएको हुँदा सत्तामा कुन राजनीतिक दल पुग्छ भन्ने कुरा चुनावको परिणामबाट निश्चित हुँदैन । यस्तो राजनीतिक तरल अवस्था भएको बेलामा ठुला राजनीतिक दलहरुले आपसमा कुरो मिलाएर राज्य सत्ता र शक्तिको भागबण्डा गरी मिलीजुली सरकारहरु बनाएर चलाउने गरेका छन् । । छोटो समय भित्र नै नेपालको राजनीतिक नेतृत्वको परिवर्तन एकबार मात्र होइन अनेकबार भएका छन् । र यो प्रक्रिया निरन्तर जारी नै रहेकोछ । कुन राजनीतिक दलका कुन नेतालाई नेपालको प्रधानमन्त्री बनाउने भन्ने कुरा दलहरुको राजनीतिक चलखेलबाट निर्धारण हुने हुँदा आम चुनाव सकिएपछि नेपाली जनताको कुनै भूमिका कायम रहन्न ।
आम चुनाव सकिएपछि नेपाली जनताको सुन्ने की नसुन्ने भन्ने कुरा सबै दलका शीर्ष नेताहरुको तजबिज माथि नै निर्भर हुने गरेकोछ । त्यहि भएको हुँदा त्यस्तो राजनीतिक अवस्थालाई बदलेर दलका शीर्ष नेताहरुलाई नेपाली जनता प्रति सधा जबाफदेही राख्न वा बनाउनको निमिक्त केही राजनीतिक दलहरुले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने वा गराउने प्रश्तावलाई अगाडि सारिरहेका छन् ।
अमेरिकामा राष्ट्रपतिको चुनाव लड्नको लागि पहिले दल भित्रको आन्तरिक चुनाव जितेर दलको नोमिनेसन पाउनको लागि योग्य बन्नु पर्छ । त्यसपछि मात्र राष्ट्रपतिको चुनाव लड्नको लागि दलले पार्टीको आन्तरिक चुनावबाट विजयी भएका प्रत्यासीलाई आफ्नो उम्मेदवार बनाएर अगाडि सार्ने गर्दछन । नेपालमा प्रधानमन्त्री बन्नको लागि यस्तो राजनितिक व्यवस्था छैन । नेपालको राजनीतिक दलहरु पनि जसको लाठी उसैको भैंसी भन्ने पाराले चल्दै आएका छन् । । एउटा बुढो नेताले आफु नमरे सम्म पार्टी हाँक्ने र त्यसको नेतृत्व युवापुस्तालाई कहिले पनि हस्तान्तरण नगर्ने चलन नेपालमा कायम रहेको छ । नेपालको यस्तो राजनीतिक अवस्थामा जहिले पनि बुढो नेताहरु युवा नेताहरु माथि हाबी बनीरहेने भएकाले नेपालमा नेपाली जनताले खोजेको वा चाहेको जस्तो ठुलो राजनीतिक फेरबदल हुन सकिरहेको छैन । तसर्थ नेपालको वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा चर्चा गर्दा बुढो नेताहरु नै समस्या बनेका छन् ।
दलका बुढो नेताहरुले नै नेपालको बिकास र नेपाली जनताले चाहेको जस्तो राजनीतिक परिवर्तन ल्याउनको लागि भाँजो हाली राखेका छन् । भ्रष्टाचारलाई मात्रै बढवा गरी बस्ने समय गुज्रिसकेका दलका बुढो नेताहरु देखि नेपाली जनता आजित भएर भटाभट विदेशमा बसाई सरीरहेका छन् । नेपालमा व्यापक भ्रष्टचार हुनुको पछाडि दलका बृद्ध नेताहरुको नै हात रहेको छ । भष्टाचारलाई रोक्ने वा कम गर्ने तिर ध्यान केन्द्रित गर्नको साटो उल्टै दलका बृद्ध नेताहरु आफै चम्की चम्की भ्रष्टाचार गर्नमा नै केन्द्रित भएर लागेका छन् ।
२०८४ को आम चुनाव जित्नको लागि पैसा चाहिन्छ भन्दै त्यसैको जुगाड गर्नको लागि स्वर्थ समूहको चरणदास भएर तिनीहरुकै सेवामा रात दिन खटेका छन् । यस्ता दलका बृद्ध नेताहरु आफै पनि सकिने र नेपाल राष्ट्रको अस्तित्वलाई पनि समाप्त पार्ने हिसाबले आँखा चिम्लेर लागेको देख्दा नेपाली जनताको ठाडो शीर लाजले संसारको अगाडि झुक्नु पर्ने तुल्याएकोछ । जी ७ राष्ट्रहरुको संस्था फाईनान्सियल एक्सन टास्क फोर्सले नेपाल राष्ट्रलाई ग्रेसूचिमा हालेको छ त्यसबाट हटाउने सरकारी प्रयासमा दलका बुढो शीर्ष नेताहरुले ध्यान दिएको छैन । युरोपियन युनियनले नेपाल बिरुद्ध लगाएको हवाई उडान प्रतिबन्ध फुकाउन तिर पनि बृद्ध नेताहरुले नेतृत्व गर्दै आएको दलहरुको सरकारले वेवास्ता गर्दै आएको छ । उहाँहरुले गरेको व्यापक भ्रष्टचार कै कारण यस्ता अन्तर्राष्ट्रिय प्रतिबन्धहरु नेपाल बिरुद्ध लाग्दै आएको भएतापनि त्यसको समाधान खोज्न तिर दलहरुले लापर्वाही देखाएका छन् ।
। अन्तर्राष्ट्रिय भ्रष्टाचारको सूचिबाट नेपाल राष्ट्रलाई निकाल्न अति जरुरी नेपालमा सुशासन कायम गर्न दलहरुले सकिरहेको छैन । नेपालमा सुशासन कायम गर्ने नीति दलहरुको स्वास्थ्यको लागि नै हानिकारक भएको हुँदा दलहरुले कदापि त्यसो नगरी कुरा मात्रै गरी बिताउने निश्चित देखिन्छ । ठोश काम नै गर्नको लागि नेपालमा राजनीतिक नेतृत्व परिवर्तन गरी नेपालमा सुशासन कायम गर्नु पर्ने हुन्छ । त्यसबाट भ्रष्टाचार रोकिने व कम हुँदै जाने भएकाले बृद्ध शीर्ष नेताहरुले नेतृत्व गरीरहेका दलहरुले नेपालमा कुनै पनि राजनीतिक परिवर्तन ल्याउनको लागि खुट्टा कमाईरहेका छन् । उमेर बढे संगै दलका बृद्ध शीर्ष नेताहरुमा स्वाभाविक रुपमा नै हिम्मत र उत्साहको कमी आईरहेको कुरा उहाँहरुको एक्सनबाटै प्रष्ट भईरहेका छन् । यस्ता भ्रष्ट र लाछी दलहरुको नेतृत्वमा नेपाल राष्ट्र चल्दै रहेमा वा नेपाली जनताले त्यसको खुलेर बिरोध गर्न नउत्रिएमा नेपाल राष्ट्रको अस्तित्व ढिलो चाँडो भड्खालोमा जाकिने निस्चित नै भएकोछ । एमाले शीर्ष नेता प्रधानमन्त्री ओली कै कारण नेपालको ऋण वेपत्ता बढेर २७ खर्व पुगेको हो ।
राष्ट्रिय ऋण त्यसरी बढाएपनि नेपालको राष्ट्रिय आम्दानीमा सुको वृद्धि भएको छैन भन्ने कुरा नेपालको सरकारी तथ्याङ्कले नै झलझली देखाई नै रहेकोछ । यसरी ऋण लिंदै जाँदा अर्काको उधारो खाँदै जाँदा एक दिन नेपाल राष्ट्र पनि पाकिस्तान कै अवस्थामा पुगिन्छ । दलक बुढो शीर्ष नेताहरुले समचार पढेको वा सुनेको छ कि छैन पाकिस्तान सरकारले उधारो समयमा चुकाउन नसक्दा खेरी इन्डोनेशिया सरकारले पाकिस्तान एयरलाइन्सको एक पेसेञ्जेर जेट विमान नै जफत गरी राखेको छ । नेपाल राष्ट्रको पनि अब त्यो दिन धेरै टाढा छैन किनकि दलहरुले त्यसको लागि तयारी पुरा गरीसकेका छन । नेपालमा राजतन्त्रको दरकार किन पर्यो भन्छन दलहरु तर आफैलाई सुधार्ने प्रयास कहिले पनि दलहरुले गरेका छैनन् । पहिले नेपाली जनताले संबिधान संसोधन गर्नु पर्ने कुरा उठाएका थिए त्यसमा दलहरुले वेवास्ता गरेकाले अब संघियता र गणतन्त्रलाई नै फालेर राजतन्त्रलाई ल्याउनु पर्छ भनिरहेका छन । दलहरुले जति वेवास्ता र भ्रष्टाचार गर्दै जान्छन त्यति नै नेपाली जनता र दलहरुका बिचको दुरी बढेर जान्छ र त्यसले एक दिन जनबिद्रोहको रुप धारण गर्नेछ ।
उग्र दक्षिणपन्थी र उग्र वामपंथी राजनीतिक गमनलाई दलहरुले त्यागेर बिचको सन्तुलित राजनीतिक व्यवस्था राजतन्त्र सहितको लोकतन्त्रलाई नअपनाई सुखै छैन । यहि नै अहिलेको अवस्थामा नेपाली जनताले चाहीरहेको राजनीतिक व्यवस्था हो । यसलाई प्रतिगमन मानेर दलहरुविरुद्ध जानु भनेको राजनीतिक आत्माहत्य गरे सरह सावित हुनेछ । समाजवाद एउटा भरपर्दाे विकल्प थियो तर कम्युनिष्टवादी दलहरुले घोर दक्षिणपंथी पुँजीवादी व्यवस्था अपनाई सकेको हुँदा त्यसको औचित्यलाई समाप्त पारीसकेका छन् । तैपनि समाजवादी अर्थ व्यावस्थाको संभावना अझ पनि नेपालबाट टरेको छैन । संसारभर नै संरक्षणवादको हाबी हुँदै आएको हुँदा नेपालमा पनि अनुदारवादी अर्थतन्त्रको संभवना बढेको अवस्था छ ।
जाहेर नै छ उदारवादी स्वतन्त्र बजार अर्थतन्त्रमा भ्रष्टाचार पनि दुवो मौलाएझै मौलाउने गर्छ । नेपालमा त अझ उदारवादी भन्दा पनि एक खुड्किला माथि मानिएको नव उदारवादी स्वतन्त्र बजार अर्थतन्त्र कायम रहेकोछ । भ्रष्टाचार रोक्न वा फैलिन नदिन बजार मात्र स्वतन्त्र भएर पुग्दै स्वतन्त्र कानुनी राज पनि कायम भएको हुनु पर्दछ । नेपालमा राज्यको तीनै अंगहरु माथि दलहरुको सरकारको हस्तक्षेप हाबी भएको हुँदा नेपालमा अनुदारवादी समाजवादी अर्थतन्त्र ज्यादा उपयोगी रहने संभावना छ । दलका अनैतीक र अनुशासन हिन राजनीतिक नेतृत्व आफै भ्रष्टाचारी भएकाले सोकमजोरीले गर्दा यसले नेपालको बिकास गरी नेपाली जनतालाई कहिले पनि सुखी बनाउन सक्दैन ।