मधेशवादी नजन्मदै मोर्चामा अविश्वास

राजनीति समाचार

काठमाडौं । प्रदेश एउट मुद्दा एउटै–सबैको सोच समृद्ध मधेश भएपनि पद र कुर्सीको कुरा नमिल्दा टुक्रा टुक्रामा विभाजित मधेशका दलहरुको मोर्चा बन्दैमा नेतृत्वको खडेरी पर्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट हटनासाथ विचार मिल्ने शक्तिको मोचाका रुपमा समाजवाद मोर्चा बनाए । त्यहाँ पनि विश्वासको संकट बढ्दै गएको छ ।

आलोपालो नेतृत्व लिने मोर्चाको निर्णय भन्दा पृथक अभ्यास मधेशको मोर्चाले ग-यो । महन्थ ठाकुर, हृदयेश त्रिपाठी, उपेन्द्र यादव, सिके राउत, रेशम चौधरी, वृषेशचन्द्रलाल जस्ता मधेशका नेताका बिचमा समेत कुनै मित्रता भएजस्तो देखिएन । मधेशको बिचमा मधेसीहरु नै एक छैनन भन्ने कुरा देखिन्छ । केन्द्रीय शक्ति सन्तुलनमा मिलाप नहुँदा दलहरुप्रति आक्रोश बढ्दै गएको छ ।

मधेसवादी दलहरुले जसको पार्टी कार्यालयमा बैठक बस्छ, अध्यक्षता उसैले गर्ने गर्छन् । सबै दलको हैसियत बराबरी ठान्ने निर्णय गर्नु नै मोर्चा बन्नु र भत्कनुमा स्वाद नहुने अवस्था आउने छ । किनकि हिजो सद्भावना फटाएका राजेन्द्र महतोले लोसपाबाट हटेर मधेशबाट राष्ट्रिय मुक्ति पार्टीतिर लाग्नुप¥यो । उपेन्द्रको जसपा फुटाएर अशोक राईसमेत एमालेमा प्रवेश गराएपछि कांग्रेसलाई घुर्कायाउन पाइन्छ भन्ने एमालेको दाउ थियो ।

प्रचण्ड, माधव, नेत्र विक्रम चन्द, महेन्द्र रायले पार्टीलाई समाजवादी रुपातरणमा लैजाने मोर्चा बनाए । तर मधेस मोर्चाले प्रदेश सरकारको नेतृत्व लिँदा भ्रष्टाचार बढाए, रुढीवादी नियन्त्रण भएन, मिटर ब्याज र साहुकर पीडितको बेमा मौनता देखाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *