सहरमा सहजताका लागि बालकृष्ण मार्ग एकता समाज

समाचार

जती भौतिक तथा आर्थिक सम्पत्ति वढ्दै जान्छ त्यती नैं सामुहिक भावना घट्दै जान्छ । घरको दूरी नजिक हुन्छ मनको दूरी टाढा हुन्छ । यो नैं शहरी विशेषता हो भन्दा फरक पर्दैन । यहि महसुसलाई सँगाल्दै काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिवुटी चोकको दक्षिण तर्फको नरेफाँटमा वसोवास गर्नेहरुको एक प्रयास आजको आलेखमा समेट्ने कोसिस गरिएको छ ।
नेपालको सन्दर्भमा सहरमा सर्ने कि सहर नैं गाउँमा पसाउने भन्ने गरिन्छ । हुनत सहरमा उपलव्ध हुने सुविधा गाउँमा उपलव्ध होस् तर स्वच्छ वातावरण चाँही कायमै होस् भन्ने चाहना हुन्छ । त्यो कतिको संभव होला र ? तैपनि कल्पना गर्न किन छाड्ने । जहाँ जे छ त्यही परिवेशलाई आफ्नो अनुकुल वनाउने वा त्यो अनुकुल आफु हुने हामीसँग विकल्प रहन्छ ।
विभिन्न जिल्लामा स्थायी घर भएका तर विभिन्न पेशा व्यवसायको कारण होस् वा सेवा सुविधा खोज्दै सजिलो जीवनयापनका लागि नरेफाँटमा घर वनाई वसोवास भैरहेको थियो । त्यहाँको एक सडकलाई वालकृष्ण मार्ग नाम राखिएको रहेछ । त्यही सडकका आसपासलाई सिमा मानेर एक दशक अघि केही परिवार मिलेर छलफलमा जुट्यौं । पिलर जोडेर घर वनाएर वसेका छौं तर चिनजान नैं छैन । वाटोमा हिड्दा झगडा पर्न सक्ने तर घरमा पुग्दा छिमेकी हुने अवस्था आउन सक्छ भन्ने जस्ता विषयमा चर्चा ग¥यौं । त्यतीमात्र हैन, हाम्रा दाजुभाई त कता छन् कता यहाँ केही आपत परेमा सहयोग गर्ने त छिमेकी नैं हुन् तर आपसमा चिनजान नैं नहुँदा एक्लो महसुस भएको कुरा चर्चा गरियो । सहमती, सामुहिक सहकार्य, एकता सद्भाव र भाइचारा सम्वन्धका निम्ति ‘बालकृष्णमा मार्ग एकता समाज’ नामका सामुदायिक संस्था गठन गर्ने सहमती जुट्यो ।
सामुदायिक संस्थाको अवधारणा विकास ग¥यौं । घर परिवार सदस्य हुने अर्को सिमा वनायौं । त्यसै गरी हरेक परिवारवाट एक महिला र एक पुरुषको समाजमा निर्णायक उपस्थीति रहने खाका वनायौं । यस समाजको मूख्य लक्ष्य आपसमा समन्वय, सहकार्य, भाईचाराको सम्वन्ध प्रवद्र्धन गर्ने सोच्यौं ।
यस समाजको नियमित गतिविधिको खाका निर्धारण ग¥यौं । त्यस अन्तरगत चाडवाडमा शुभकामना, पारिवारीक वनभोज, पारिवारीक दुखमा साथ, सुखमा सहभागी, सामुहिक हितका कार्यमा जोड जस्ता पक्षलाई विशेष प्राथमिकतामा पारियो । सामुदायिक संस्था भए पनि विद्यमान कानून अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता गरियो ।
यस समाजले हरेक वर्ष नेपालीको चाडवाड खास गरी दशै तिहार, छठ समेतको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दछ । तिहारमा टोलको विचमा सामुहिक देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने गरेको छ । त्यसमा हरेक परिवारवाट उपस्थीति भैं दान दक्षिणा गर्ने र देउसी भैलो खेल्ने गर्ने गरिन्छ । १२ कक्षा उतिर्ण पारिवारीक सदस्य वालवालिकालाई सम्मान गर्ने गरिन्छ । त्यसै गरी ८० वर्ष नाघेका पारिवारीक ज्येष्ठ सदस्यहरुलाई नगद रकम सहित सम्मान गर्ने संस्थागत परिपाटी विकास गरिएको छ । समाजको सदस्यको एक पुस्ता अघि र पछिका सदस्यको मृत्यू भएका खण्डमा घाट खर्च सहित रु १२ हजार नगद उपलव्ध गराउने परिपाटी संस्थागत भैसकेको छ । यस समाजमा ५० घरधुरी मात्र आवद्ध भएका छौं ।
हरेक वर्ष पारिवारीक वन भोज तथा साधारण सभा आयोजना गर्ने गरिन्छ । यस वर्ष पारिवारीक वनभोज पौष २३ गते शनिवार काठमाडौंको वज्रयोगीनी मन्दीर क्षेत्रमा आयोजना गरियो । संक्षिप्त समय उपयोग गर्दै औपचारिक कार्यक्रम समेत आयोजना गरिएका थियो । उपस्थीत पारिवारीक सदस्यहरु १२ वटा जिल्लामा स्थायी घर भएका जम्मा भएका रहेछौं । पेशा व्यवसाय पनि फरक फरक रहेछ । ती पेशा व्यवसाय एक आपसमा आदान प्रदान गर्दा पनि पूर्ण समाज (परफेक्ट सोसाइटी) वन्न सक्दो रहेछ । मानिसलाई जिउन चाहिने प्राय सवै खाल्का पेशा व्यवसाय, सेवका क्षेत्रहरु संगालेका मानिसहरु यस समाजमा आवद्ध भएका रहेछौं । हाम्रो समाजको परिवार भित्र मेडिकल डाक्टर देखि मेडिकल व्यवसायसम्म, इन्जिनियर देखि निर्माण व्यवसायसम्म, किराना पसल तथा खुद्रा देखि थोक विक्रेतासम्म, कृषि व्यवसाय देखि सूचना प्रविधिसम्म, रेष्टुरेन्ट देखि विद्यालय सञ्चालकसम्म, मोवाइल पसल देखि रेडिमेड कपडा पसलसम्म, कार्टुनवट्टा उद्योग देखि सवारी व्यवसायसम्म, निर्माण व्यवसायी देखि हार्डवेयरका व्यवसायीसम्मको संलग्नता रहेछ । हामी विच व्यवस्थापक, शिक्षक, प्राध्यापक, अभियानकर्मी, राजनीतिकर्मी, सञ्चारकर्मी, कानून व्यवसायी, सरकारी सेवाकर्मी, कृषि व्यवसायी जस्ता सेवाका क्षेत्रमा समेत क्रियाशिलता रहेछ । हामीसँगको यहि सिप ज्ञान अनुभवका आधारमा आधारमा हामीले यस वर्ष केही नयाँ काम गर्ने सोच विकास ग¥यौं । यसले आफ्नो व्यवसाय वा सिप पहिचान हुने र समाजले फाइदा पनि पाउन सक्छ भनेर पहिलो चरणमा हाम्रै पारिवारीक सदस्यहरुको परिचालनवाट स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना तय गरेका छौं ।
वन भोजमा उपस्थीत भएका विच चिन्तन् मनन ग¥यौं । धेरै जसो पाखा पखेरामा हुर्किएका नैं थियौं । त्यस्तै परिवेश वज्रयोगीनी क्षेत्र पनि भएकोले हाम्रो वाल्यकाल संझियौं । हाम्रो पुस्ता समाजमा हुर्किएकोले त्यस्तै काठमाडौंमा पनि खोज्यौं वनायौं तर हामी भन्दा पछिल्लो पुस्तालाई यो कुराले छुन सकेन । करिव ८० जना जतीको सहभागीता हुँद टिन एज भित्रका असाध्यै कमि थियो । औंलामा गन्दा पनि हातका औला नैं धेर हुने अवस्था देखियो । यसले हामी सवैलाई चिन्तीत बनायो । यसले हाम्रो पारिवारीक जीवनमा सहज नआउने र अनुभव तथा संस्कृतिका विविध पक्षमा पुस्तान्तरण नहुने हो की भन्ने चिन्ता वढ्यो । किन यस्तो भयो ? भन्ने प्रश्नमा घोत्लींदा, उनीहरुको अनुकुलताको वातावरण तयार गर्न सकेनछौं भन्ने महसुस भैरहेको छ । हाम्रो पुस्ताले चौतारी भन्दा सहजै वुझ्दछ तर पछिल्लो पुस्तालाई त्यो कठिन हुने देखियो । क्याफे भनेको हाम्रो पुस्ताको दिमाखमा सहज नघुस्न सक्छ तर पछिल्लो पुस्तालाई असाध्यै परिचित कुरा हो । पछिल्लो पुस्तालाई हाम्रो तरिकावाट हिडोस् भन्ने चाहान्छौ होला उ के चाहान्छ भन्नेमा ध्यान दिन सकेनौं की ।
हामीले हाम्रो सहजताको लागि समाज निर्माण गरेका हौं । हाम्रो भन्नाले हाम्रो पुस्ताको लागि हो । पछिल्लो पुस्ताले उनीहरुको लागि आवश्यक पर्ने समाज आफै वनाउने छन् । हामी भन्दा अघिल्लो पुस्ताले वनाएको समाजमा हामी पनि अडिएन सकेनौं । हाम्रो पछिल्लो पुस्ता पनि त्यस्तै होला । यो चित्त वुझाउने एक मेसो मात्र नभै वस्तुगत यथार्थ पनि हो । हामी अरुकोलागि धेर चिन्ता लिएर जीउँछौ जस्तो लागि रहेको छ । हाम्रो वुवा आमाले वनाएको घरमा हामी वसेनौं अनी हाम्रा छोराछोरी पनि हामीले वनाएको घरमा वसि राख भन्ने नैतिक हैसियत हामीसँग हुँदैन । वरु हाम्रो जीवन सहजताको लागि हामी आफैले केही विकल्प खोज्नु सान्दर्भिक हुन्छ ।
समाज हाम्रो लागि हो । त्यही मर्मका साथ सामुहिक सहकार्य, सद्भाव कायम गरी जीवन जिउनमा हामीलाई आनन्दा आउँछ । त्यही काम हामीले बालकृष्ण मार्ग एकता समाज मार्फत गरीरहेका छौं । हामी आफैंमा संगठित हुन्छौं, आफैं आफना अभियान गर्दछौं अनी आफै रमाउँछौं । हामी सामाजिक प्राणी भएको महसुस हामीलाई छ । हामी शहरी जीवनमा पनि यो निरन्तर कायम राख्न चाहन्छौं । हामी शहरमा पनि हाम्रो वाल्यकालको जस्तो आपसमा सहकार्य गर्ने तर सदृढ समाज खोजिरहेका छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *