अधिकांश बैंकहरुबाट बचतकर्ताको पैसा हिनामिना

राजनीति समाचार

काठमाडौं । नेपालमा खुला अर्थनीति आएसँगै साउने च्याउ सरी खुलेका बैंक वित्तिय संस्थाहरु यतिबेला धमाधम गाभ्ने, गाभिने र मर्जरमा जाने क्रम जारी छ । यसरी गाभ्ने, गाभिने र भर्जर हुने नीतिले ती बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीको व्यवस्थापन कसरी गर्ने हुने एकिन छैन । मर्जर गरिएका बैंक तथा वित्तिय संस्थाहरु कत्तिको सफल हुन्छन् अथवा हुँदैनन् त्यो भने हेर्न बाँकी नै छ । यतिखेर अधिकांश ठूला बैंकहरु मर्जर भएका छन् भने वाणिज्य बैंकहरु २८ बाट घटेर १७, १८ वटामा सीमित हुने देखिन्छ ।

यसअगाडि पनि केही बैंकहरु यसरी नै मर्जर अथवा गाभिने गरे तापनि ती बैंकहरुको खासै ठूलो उपलब्धी भएको पाइँदैन । अब मर्जर हुने अथवा गाभिने बैंकहरुले पनि ठूलो उन्नती गर्लान् भन्ने आशा उपभोक्तामा भएको देखिँदैन । यतिबेला अधिकांश बैंकका सञ्चालक तथा कार्यकारी अधिकृतहरु सर्वसाधारण नेपालीले जम्मा गरेको पैसा रातारात चर्को ब्याजमा लगाएर आफू मोटाउने काम गरेका छन् । कतिपय सर्वसाधरण नेपालीहरुले बैंकबाट लिएको ऋण चर्को ब्याजका कारण तिर्न नसकेर घरबार बिहीन हुनुपर्ने अवस्था छ ।

बैंकहरुले ऋणीयले धितोमा राखेका घर जग्गा कौडीको दाममा लिलामी गरेर ऋणीहरुलाई उठिवास लगाउने काम पनि गर्दै आएका थुप्रै उदाहरणहरु छन् । त्यसैगरी आफ्ना नातागोता, चिनजान र कमिसनको लोभमा कतिपय बैंकहरु धितोमा राख्ने जग्गा अनुगमन नै गरी खोला, खोल्सा, पाखो जस्ता जमिन बैंकहरुले आँखा चिम्लेर धितोमा राखेको कारण धरासयी भएर डुबेको अवस्था पनि छ ।

त्यति मात्रै होइन कतिपय बैंकहरुले हाइड्रो कम्पनीहरुमा लगानी गरेर तर ती हाइड्रो कम्नीहरु बेलामा सम्पन्न नहुँदा र क्षमता पनि कम भएका कारण डुबेको अवस्था छ । यसैगरी कतिपय सर्वसाधारण जनताले आफ्नो पैसा बैंकमा राखे तापनि कति ब्याज आउँछ, कति खर्च गरियो भन्ने जानकारी एकिन नहुँदा र कतिपय बैंकका कर्मचारीको मिलोमतोमा सर्वसाधारणको पैसा हिनामिना गर्ने गरिएको पाइएको छ । त्ससरी हिनामिना गर्ने गरेको उदाहरण केही महिना अगाडि राष्ट्रिय वाणिज्य बैंकको महिला कर्मचारीको पैसा १० लाख रुपैयाँ हरायो भनेर पुतलीसडक शाखामा खैलाबैला मच्चिएको थियो ।

ती महिला कर्मचारीको १० लाख रुपैयाँ हिनामिना भएको पाइएपछि सोही बंैकको कर्मचारीको कमजोरीका कारण यस्तो भएको भनी सो रकम पछि ती महिला कर्मचारीको खातामा जम्मा गरिएको थियो । यसरी बैंककै कर्मचारीको पैसा असुरक्षित हुन्छ भने अन्य सर्वसाधरणको पैसा कसरी सुरक्षित होला । त्यति मात्रै होइन, कतिपय नेपालीहरुले आफूले बैंकमा राखेको पैसाको हिसाब किताबसमेत गर्ने गरेका छैनन् ।

ब्याज कति आउछ, सावा कति छ, हरेक तीन महिनामा ब्याज गएर सावामा जोडिएको छ कि छैन त्यसको हिसाब किताब पनि एकिन गरेका हुँदैनन् । यस्तै कतिपय बैंकहरुले लाख र पचास हजारको मुठामा १, २ हजार कम राख्ने गरेको पाइन्छ भने कतिपय त्यस्ता मुठामा च्यातिर झुत्रा भएका नोटहरु लुकाएर राखिदिने गरेको पाइन्छ ।

बचतकर्ताहरु आवश्यकता अनुसार पैसा निकालेर नगनी विश्वासको आधारमा घर जान्छन् । त्यत्तिकैमा खर्च गर्दछन् अनि पछि निकाएको पैसामा कम नोट भएको थाहा भएपछि उनीहरु बैंकमा लाखको मुठामा एक हजार कम छ, पचास हजारमा ५ सय कम छ भनेर बैंकमा जाँदा कर्मचारीहरुले अबदेखि गनेर लानुहोस् त्यो हामीलाई थाहा भएन भन्ने गर्दछन् ।(तामाकोशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *