एमाले पार्टीभित्र सभामुख हुन मरिहत्य

राजनीति समाचार

काठमाडौं । सभामुखको निर्वाचन सम्पन्न हुन अब तीन दिन पनि बाँकी छैन । तर राजनीतिक दलहरुले आ–आफ्नो पार्टीबाट सभामुख र उपसभामुखको दाबी गरिरहँदा कुन पार्टीले सभामुख पाउने र कुन पार्टीले उपसभामुख पाउने भनेर यकीन भइसकेको छैन ।

राजनीतिक सहमति गरेर सात दलको समर्थनमा बनेको प्रचण्ड सरकारले विश्वासको मत लिएसँगै अब सभामुखको निर्वाचन गर्ने तरखरमा रहेका छन् । राष्ट्रपति र सभामुखमा एमालेले दाबी गरिरहँदा कांग्रेसले पनि उपसभामुख र राष्ट्रपति दाबी गरिरहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको दाबी गरिरहेको छ ।

एमाले पार्टीभित्र सभामुख बन्नको लागि विभिन्न नेताहरुले चाहना राख्दै आएका छन् । तर, एमालेले भने अहिलेसम्म कुन नेतालाई सभामुख दिने भनेर सार्वजनिक पनि गर्न सकेको छैन ।

सभामुखा बन्नको लागि यतिखेर छविलाला विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, देवराज घिमिरेल लगायतका नेताहरुले लभिङ गरिरहेका छन् । त्यसमा पनि एमालेले यीनै नेतालाई बनाउने हो की अन्यलाई बनाउने हो अहिलेसम्म सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *