नेपाल प्रहरीभित्र रुवाबासी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्रालय सम्हालेपछि नेपाल प्रहरीभित्र यतिखेर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । प्रहरीका अधिकांश प्रदेश प्रमुखलाई पनि काठमाडौं सरुवा गरेर ल्याइएको छ । त्यस्तै अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलभित्र कनिष्ठ प्रहरीहरुले न्याय नपाएर छलपटाइराखेको अवस्था छ ।

अहिले गृहमन्त्रीमा रवि आएपछि उनले भनेका थिए, ‘अब तपाईंहरु ढुक्कसँग काम गर्नुहोस् । सरुवा बढुवाको लागि मन्त्री, नेता र सोर्सफोर्सको लागि घरघर धाउनु पर्दैन । आफ्नो योग्यता, क्षमता र वरिष्ठताको आधारमा न्यायपूर्ण निर्णय हुने छ भनेर आश्वासन र ढाडस दिएका थिए । तर, त्यसको महिना दिन नपुग्दै गृहमन्त्रीले भने चाहिने नचाहिने काम गरेर चर्चा कमाउने खेलोमा लागिरहेका छन् ।

गृहमन्त्री जस्तो संवेदनशील ठाउँमा बसेर पनि कहिले सार्वजनिक गाडीमा सवार हुने, कहिले पुराना कुराहरु उठाएर चर्चा बटुल्ने, कहिले आफ्नो मन्त्रालय मातहतभन्दा बाहिर गएर काममा हस्तपकारी भूमिका निर्वाह गर्न खोज्ने कहिले सुरक्षा सम्वेदनशीलता र पदको ख्यालै नगरी सार्वजतिक रुपमा हिड्ने जस्ता काम गरेर सस्तो लोकप्रियता कमाउन थालेका छन् ।

गत शुक्रबार अधिकांश प्रदेशका डिआइजीहरुलाई प्रहरी प्रधान कार्यालयको विभिन्न शाखा कार्यालयहरुमा सुरुवा गरेको छ भने डिआइजी श्याम ज्ञवालीलाई एयरपोर्ट भन्सारबाट विराटनगर पु¥याइएको छ । कतिपय मालदार ठाउँमा बसेका डिआइजीहरुलाई सरुवा गरेर तितरबितर पारेका छन् । नेपाल प्रहरीका डिआइजी टेकप्रसाद राइलाई लुम्बिनी प्रदेशमा सरुवा गराएका छन् ।

उता डिआइजी भीम ढकाललाई कर्णाली प्रदेश पठाएको छ । बागमती प्रदेशमा दीपक थापा सरुवा गरेका छन् । त्यस्तै डिआइजी अशोक सिंहलाई सुदूरपश्चिम पठाएको छ भने कतिपय प्रहरी अधिकृतहरु अब हुने सरुवा कहाँ पुगिने हो चिन्तित हुन थालेका छन् । तर, अधिकांश भ्रष्टाचारी प्रहरीहरु अब कमाउने मौका गुम्ने अवस्था आउने हो कि भनेर चिन्तित हुन थालेका छन् ।

अधिकांश घुमुवा प्रहरीहरुले विभिन्न होटेल, रेष्टुरेन्ट, लज, क्यासिने, डान्सवार, रात्री क्लब जस्ता व्यवसायबाट महिनावारी उठाउने गरेका थिए । यसरी उठाइएको पैसा आफ्नो मातहतका हाकिमहरुलाई बुझाउने र आफूले पनि आम्दानीको स्रोत बनाउने गरेका थिए । त्यस्तो मौका पाइरहेका ती घुमुवा प्रहरीहरु पनि यतिबेला गृहमन्त्रीले सरुवा गरेर अन्यत्र पु¥याउने हुन् कि भनेर थर्कमान हुनथालेका छन् ।(तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *