‘पानीप-यो’ गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन समाचार

काठमाडौं । नेपाली सांगीतिक बजारमा ‘पानीप¥यो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक नविनकुमार पौडल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । विगत लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले यसअघि झन्डै तीन दर्जन हाराहारी गीतमा स्वर पस्किसेका छन् ।

मीठो स्वर र टिपिकल शब्द चयनमा पोख्त पौडेलको हालै ‘पानीप¥यो’ नामक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पौडेलको यस ‘पानीप¥यो’ गीतमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । प्रकाश लामाको गीतमा शब्द, संगीत रहेको यस म्युजिक भिडियामा सरोज प्रजा र स्मारिका ढकालको प्रमुख अभिनय रहेको छ ।

त्यसैगरी सुरेन्द्र बस्यालको निर्देशन रहेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायान्कन रहेको छ । ‘पप आधुनिक’ यस गीतको म्युजिक भिडियो भने केही समय अगाडि बजारमा आइसकेको छ । गायक नविन कुमार पौडेलले अहिलेसम्म बजारमा ल्याएका गीतमध्य फरक यो किसिमको गीत भएको दावी गरेका छन् ।

उनले यो गीतले छुट्टै मनोरञ्जन पस्किने भन्दै एक पटक सबैलाई हेरेर, सुनेर त्यसको प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् । उक्त गीत ‘नेपमेलो’ युटुब च्यालनबाट हेर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *