गगनको अनेक फण्डा

समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जतिसुकै गफ लगाएपनि संस्थापन इतरको नेता बन्न सक्ने अवस्था थिएन । इतर समूहको भेला र बैठकमा थापालाई नेता मान्न नसक्ने जमात ठूलो छ । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार बनेर गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त प्रचार गर्दा बिग ग्रुपको चर्चा चलाएका बालकृष्ण खाँडहरुले संस्थापनका डा.प्रकाशशरण महत र प्रदीप पौडेललाई हराएका थिए ।
महाधिवेशनको समयमा शेरबहादुर देउवा प्रधानमन्त्री नै थिए । बालकृष्ण खाँड गृहमन्त्री भएकाले जिल्लाको प्रतिनिधिको रेखदेख पनि गरेका थिए । खाँडकै साथ लिएर गगन र विश्वप्रकाश शर्मालाई महाधिवेशनमा रामहरि खतिवडाहरुले बिग ग्रुपको मोर्चामा सामेल गराए । पूर्वप्रधानसेनापतिका पुत्रको १५ लाखको रोलेक्स घडी खल्तीमा हालेर पचाउन नसकेका व्यक्ति हुन् रामहरि खतिवडा ।
डा.शेखर कोइरालालाई संसदीय दल इतर पक्षको उम्मेद्वार बन्न रोकेका गगन थापाले आफ्नै टिमका ३१ जना सांसदको साथ नपाउनुको कारण उनको क्षमताको कमजोरी हो । किसानले पाउनुपर्ने विश्व बैंकको अनुदानमा हालीमुहाली गर्दै अस्थायी गाई फार्म र बाख्रा फार्म खोल्ने गगन थापाको चुरिफुरि सकिएको कांग्रेसकै आन्तरिक स्रोत बताउँछ । कांग्रेसभित्र पदीय लोभका कारण सबै आकर्षक पदहरु आफुले पाउनुपर्छ भनेर शेरबहादुर देउवालाई उचालेर सडकको बास हुन पुगेका धेरै सांसदले गगन थापा र विश्वप्रकाश शर्मा निर्देशित नाटक रुचाउने अवस्था छैन । दुबै क्रिश्चियन च्यारिटीसँग जोडिएका व्यक्तिहरु हुन् । डा.शेखरलाई धनराज गुरुङहरुले नेता माने पनि १५औं महाधिवेशनसम्म पुग्दा संस्थापनभित्र देउवाको उत्तराधिकारी को हुने भन्ने लडाइँ चर्किने अवस्था गगनहरुकै चलखेलले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *