नेपाली कांग्रेसभित्र महामन्त्री चुपचाप

समाचार

काठमाडौं । नेपाली कांग्रेसले ठूलो भाग, सबै पद एक्लै कुम्ल्याउन खोज्दा सबैतिर फुत्केको छ । नेपाली कांग्रेस आफैंभित्र संगठनको स्वरुप निर्माण गर्न नसकेर केन्द्रीय समितिलाई समेत पूर्णता दिन नसकेको अवस्थामा महामन्त्रीद्वयको घमण्ड पनि सेलाएको छ । पार्टीले आफ्नो योजना बनाएर जनताका बिचमा गएको छैन । चुनाव भयो, संसदमा ठूलो दल भयो । तर जनतालाई धन्यवाद पनि दिएको छैन । मुलुकको राजनीतिले कांग्रेसलाई कता पु¥यायो भन्ने पनि ख्याल छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभाति धनराज गुरुङ, सहमहामन्त्री बनेका जीवन परियार, उमाकान्त चौधरीको हैसियतमाथि पार्टी संस्थापनले बेवास्ता गरेको छ । आफ्नो कुरा भन्दा पार्टीले भोगेको समस्यालाई प्राथमिकता दिनुपर्छ ।
कांग्रेसभित्र राष्ट्रिय सहमतिको कुरा चर्काइएको छ । राप्रपा, रास्वपा जस्ता पूर्व दरबारसँग जोडिएका समूहले चलाएको छ । परिवर्तनका वाहकहरु सांसद छन्, तर तिनको हैसियत भने एक पछि अर्काे नांगो रुप खडा भएको छ । कांग्रेसले आन्तरिक संरचना बनाएको छैन । विभागहरुले पूर्णता पाएका पनि छैनन् । कांग्रेसले सत्ता जोगाउन नसक्दा पार्टीले सबै पद गुमाएर रुवाबासी चलेको छ । कांग्रेसी जमात एकताबद्ध रुपमा संसदमा उपस्थित छैन । संस्थापनलाई असफल भएकोमा राजनीतिमा सफलता मिलेको डा.शेखर समूहसमेतले आफ्ना गतिविधिले देखाएको छ ।
कुरा चर्काे गर्ने काम नगर्ने कांग्रेसमा धेरै छन् । शेरबहादुरलाई उचालेर देश लुटिरहेका बालकृष्ण खाँड, डा.प्रकाशशरण महत, डा.आरजु राणाहरुसँग विमलेन्द्र निधि समेटिएपछि प्रचण्ड गठबन्धनबाट फुत्केको कुरा अझै कांग्रेसभित्र समीक्षा भएको छैन । कांग्रेसले राष्ट्रपति पदको लागि च्याँखे थापेको छ । सरकारभित्रका दलहरुको कमाण्डर बनेका एमाले अध्यक्ष केपी ओलीले समेत प्रधानमन्त्रीलाई अप्ठेरोमा पारेका छन् । ओलीको योजना सबै हातमा पार्ने माओवादीलाई खेद्ने रहेको छ । कांग्रेसका धुन्धुकारी नेताले पनि ओली भर्सेज अविश्वासको लहर जगाएका छन् । तर उनीहरु पार्टीमा निरीह भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *