तेक्वान्दो खेलाडी लामाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक

खेलकुद समाचार

काठमाडौं । नेपाल पुलिस क्लबकी तेक्वान्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो पदक जितेकी छिन् ।

यही साउन ३ देखि कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्से काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदकको उपाधि चुमेकी हुन् ।

कोरियामा तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरूमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *