चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आजदेखि

खेलकुद समाचार

काठमाडौं । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा बुधबारदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजकले जानकारी दिएका छन् । एकलतर्फ विजेताले १५ हजार तथा उपविजेताले सात हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।

छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने संघले जानकारी दिएको छ । चौध वर्ष एकलतर्फ विजेताले १० हजार तथा उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले आठ हजार तथा उपविजेताले चार हजारसहित मेडल प्राप्त गर्ने छन् ।
पोखरासहित काठमाडौं, चितवन, बुटवलका खेलाडीले भाग लिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *