काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुने भएको छ । शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले परीक्षा अन्योलमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोडले शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताएका छन् ।परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक भएकोले आन्दोलन रोकिएन भने प्रभावित हुने भएकोले सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास बोडले गरेको छ ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी रहेको जनाएका छन् ।