काठमाडौं । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ ।
सडक डिभिजन हर्कपुर, ओखलढुंगाका अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको छ । आईतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक पुर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।

