दलहरु आफ्नै कारणले ओरालो लाग्दै

राजनीति लेख विविध शिक्षा/स्वास्थ

नेपालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस सबैभन्दा शक्तिशाली बनेको थियो । त्यो सँगै कांग्रेस पार्टीको सरकार बारम्बार सत्तामा जाने र देश र जनताको हितमा काम गर्न नसकेपछि विगतका चुनावदेखि नेपाली कांग्रेसे निर्वाचनमा पहिलो पार्टी बन्न सकेको छैन । पहिलो पार्टी बनेता पनि कांग्रेस पार्टीभित्रैको लफडाले गर्दा दोस्रो या तेस्रोमा खुम्चनु परेको थियो । तर यसपाली गठबन्धन गरेर संघ र प्रदेश निर्वाचनमा हुमिएको थियो । त्यसैको आधारमा कांग्रेसले केहि सिट बढि जितेको थियो ।

नत्र भने कांग्रेस दोस्रो र तेस्रो मात्र हुने गरेको थियो । त्यसको विकल्पमा माओवादी पार्टी उब्जिएको थियो । माओवादीको द्वन्द्वले नेपालमा ठुलो धनजनको क्षति भएको थियो । माओवादी पार्टी शान्तीवार्तामा आएर निर्वाचन भएपछि माओवादी पनि पहिलो पार्टी बनेर जनतामाझ लोकप्रिय बन्न सकेन । तर, माओवादी पार्टीले पनि राष्ट्र र जनताको हितमा काम गर्न नसकेपछि सबैतिरबाट विरोध हुदै आएको थियो । र प्रधानसेनापति रुकमाण्ड कटुवाललाई चलाउँदा माओवादी सरकार नै गएको थियो ।

२०७४ सालमा नेकपा एमाले पहिलो दल बनेको थियो । एमालेले पनि सरकार चलाउँदा देश र जनताको हितमा खासै काम गर्न नसकेपछि स्थानीय तहमा पनि धेरै सिट गुमाएको थियो । त्यसमा पनि एमाले संगठन बलियो भएको कारणले स्थानीय निर्वाचनमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसको सिकार एमाले भएतापनि गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचनमा दोस्रो स्थान जित हासिल गर्न सफल भएको थियो।

राजनीतिक दलहरु विरुद्ध स्वतन्त्र पार्टीलाई रोजेर मत दिएपछि चौथौँ दल बनेको राष्ट्रिय स्वतन्त्र पाटीले सरकारको नेृतत्वमा पुगेको थियो । त्यहि पनि रास्वपाले उपप्रधानमन्त्री सहित गृहमन्त्री पाएको रवि लामिछानेको पार्टीले एउँटा नागरिकता र पासपोर्टमा हेलचेक्राँइ गर्दा रविको जागिर मात्र गएन पद नै खारेजी भएको छ । रविले चितवन २ बाट निर्वाचन जितेपनि नागरिकता र पासपोर्टको गल्तीको कारण फेरि चितवन २ मा निर्वाचन गर्नुपर्ने भएको छ ।

यी यस्तै गल्तीको कारणले गर्दा राजनीतिक दलहरुले आफ्नो राजनीतिक पद गुमाउने गरेका छन् । राजीनीतिक दलका नेताहरुले गर्दा देश र जनताको हितमा काम गर्न नसक्दा राजनीतिक पार्टीहरु कहिल्यै पहिलो हुने, कहिले दोस्रो हुने, कहिले तेस्रो हुने परम्परा चल्दै आएको छ । अहिले सात दलिय गठबन्धन र दुइ स्वतन्त्रले समर्थन गरेर बनेको सरकार पनि धरमराउन थालेको छ ।

यसले गर्दा नेपालमा राजनीतिक स्थायित्व होला भन्ने आशा नेपाली जनतामा छैन । राजनीतिक स्थायित्व भएन भने देश र जनताले दुःख पाउने गरेका छन् । त्यसकारण पनि अहिलेको घटनापरिक्रमलाई हेरेर राजनीतिक दलहरु सुध्रिनुपर्ने जरुरी छ । जे जस्तो अवस्था आएपछि देश र जनताको लागि तेरोमेरो नभनीकन लाग्नुपर्ने भएको छ ।

रवि लामिछानेको जस्तो स्थिती अन्य राजनीतिक दलभित्र यस्ता समस्याहरु नआओस् भनेर नेपाली जनताले गुनासो गर्ने गरेका छन् । तर, पनि कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो नागरिकता र पासपोर्टलाई ध्यान दिएको पाइँदैन । त्यसकारण पनि कतिपय राजनीतिक दलका नेताहरुको रविको जस्तै काण्ड नदोरेला भन्न सकिदैन । (तामाकोशीसन्देशबाट)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *