मारवाडी साहुको बीमाले सडकमा पु-यायो सीईओ

राजनीति समाचार

काठमाडौं । एउटा कर्मचारीले पाउनुपर्ने तलब सेवा सुविधा समेत नपाएर भौतारिँदै हिड्नुपर्ने इन्स्योरेन्स कम्पनीबाट वीमितहरुले समयमा भुक्तानी पाउलान र ? आफ्नो श्रमको मूल्य नपाएको भन्दै अहिले मारवाडी सिइओ सञ्चालकबाट पीडित बनेका एक जना सिइओ हर दिनजसो नियामक निकाय धाइरहेका छन् । त्यस्ता वीमा कम्पनीले वीमा गरेका वीमितहरुलाई समयमै भुक्तानी देलान ? यो पेचिलो प्रश्न हो ।

यसरी सिइओ तहकै कर्मचारीलाई रोइकराईको स्थितीमा पु¥याउने वीमा कम्पनी हो ज्योती लाइफ इन्स्योरेन्स्् । जो अघिल्लो महिना सूर्य लाइफसँग मर्जर भइसकेको छ । त्यहाँ सिइओको रुपमा कार्यरत रहँदा आफूले मासिक रुपमा पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै हर दिनजसो कुपण्डोलस्थित वीमा प्राधिकरणमा धाइरहेका छन् सिइओ प्रकाश विक्रम खत्री । खत्री, सूर्य लाइफ र ज्योती लाइफ मर्जर भएर बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन ।

मारवाडी साहूहरुको कारण आफू मारमा परेको भन्दै तलब दिलाइन दिन माग गर्दै उनी नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालदेखि त्यहाँका अधिकारीहरुलाई भेटेर हार गुहार गर्न थालेका छन् । सूर्य ज्योती लाइफ इन्स्योरेन्सको वोर्डमा अध्यक्षको रुपमा केशवप्रसाद भट्टराई र निर्देशकहरुमा नन्दकिशोर शर्मा,विवेक झा,अशोक गोल्छादेखि जयन्तकुमार अग्रवाल,प्रिया तायल र कम्पनी सचिवमा भरत केसी रहेका छन् ।

गोल्छासमूहको बढी शेयर स्वामित्व रहेको यो कम्पनीका सञ्चालकमध्येका एक विवेक झा नक्कली सर्टिफिकेटमा डामिएका व्यक्ति हुन । उनी नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुँदा उनको नक्कली सर्टिफिकेटको मुद्धा तत्कालीन वीमा समितिमा परेको थियो । समितिका पदाधिकारीहरुले मोटो रकम लिएर यो प्रकरण सेटल गरेको वीमाकै कर्मचारीहरु सुनाउँछन् ।

तिनै विवेक नेपाल लाइफ छोडेर सूर्य लाइफ इन्स्योरेन्समा अध्यक्ष खान गएका थिए । अहिले मर्ज पछि अध्यक्षबाट सञ्चालकमा खुम्चिएका छन् । तिनै मारवाडीहरुद्धारा आफ्नो सेवा सुविधा खोसिएको भन्दै पछिल्लो केही दिनदेखि यता सुर्य ज्योति लाइफका सीइओ प्रकाश बिक्रम वीमा प्राधिकरणतिर धाईरहेका छन् ।

प्रकाश दुईबर्षदेखि नै ज्योती लाइफ इन्स्योरेन्सको सिइओको भूमिकामा थिए । ज्योती लाइफमा गाडी व्यवसायमा जमेका अकाश गोल्छासहित शर्मिला श्रेष्ठ महर्जन,जयन्तकुमार अग्रवाल,दिपक अग्रवालहरु सञ्चालकको भूमिकाछन् । उनै मारवाडीहरुले आफ्नो श्रम शोषण गरेको भन्दै सिइओ प्रकाश बिक्रम कुपण्डोलस्थित वीमा प्राधिकरण धाइरहेका हुन । ज्योति लाइफ इन्स्योरेन्स मर्जर हुनु अघि सञ्चालकले दिन्छु भनेको रकम नदिएका कारण उनी त्यहाँ धाइरहेको वीमा प्राधिकरण स्रोतले तामाकोशी सन्देशलाई जानकारी दिएका छ ।

उनी हरेक दिनजसो सञ्चालकले चालु आवमा बढाएर दिन्छु भनेको तलब भत्ता वापतको रकम दिलाइ पाऊँ भन्दै प्राधिकरण पुग्ने गरेका छन् ।गत साउन महिनादेखि ६ महिना अवधिको बाँकी रहेको तलब दिलाइदिन माग गर्दै सिइओ प्रकाश वीमा प्राधिकरण धाइरहेको वीमा प्राधिकरण स्रोतले पृष्टि गरेको छ । यो बिषयमा सिइओ खत्रीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *