टेलिकम दिन प्रतिदिन ओरालो लाग्दै

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक दलहरु सफल हुन नसक्दा सबै क्षेत्र लथालिङ्ग हुदै गएको छ । नेपाल सरकारको संयुक्तमा रहेको नेपाल टेलिकम भने दिन प्रतिदिन ओरालो लाग्दै जान थालेको छ । कुनैबेला नेपाल टेलिकमले राज्यलाई अर्बौ रुपियाँ राजस्व तिरेर पहिलो स्थान ओगटेको थियो भने अहिले राजस्व तिर्नेमा पाँचौ, छैठौँ स्थानमा पर्ने गरेको छ । राजनीतिक नियुक्ति र टेलिकमभित्र कर्मचारीहरुको चेकएन ब्यालेन्स नमिल्दा राज्यलाई अहिले करौडौँ रुपियाँ घाटा पर्दै गएको छ ।

करिब दशदेखि बाह्र बर्षको अन्तरमा टेलिकमले घाटा व्यहोर्दैँ आएको छ । टेलिकमभित्रको व्यवस्थापन र राजनीतिक नियुक्तिबिचको टसलको कारण पनि टेलिकम डुब्ने अवस्थामा पुग्दै गएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक निर्देशक कामिनीराज भण्डारीको पालादेखि फाइबर बिछ्याउने कामबाट शुरु भएको भ्रष्टाचार अहिले पनि कायम नै रहेको छ । कामिनीराज भण्डारी पछाडि भएका टेलिकम प्रबन्धक निर्देशकहरुले पनि टेलिकमभित्र भएको विकृति र विसंगति र भ्रष्टाचारलाई त्यतिकै थाती राखेर प्रबन्ध निर्देशकबाट बाहिरिएका थिए । हालका प्रबन्धक निर्देशक सुनिल पौडेलले त टेलिकम नै सिध्याउने खेलतिर लागिरहेका छन् ।

टेलिकमका प्रबन्धक निर्देशक सुनिल पौडलले विलिङमिसिन नै खरिद नगरी पुरानै विलिङमिसिनलाई मर्मत गरेर सञ्चालन गर्दा राज्यलाई करौडौँको हानीनोक्सानी भएकोे छ । विलिङ प्रणालीको सिस्टम खराब भएपछि सेवाग्राहीहरु मारमा पर्दै गएका छन् । कतिपय सेवाग्राहीहरु टेलिकमको सेवा अवरोध हुँदा मानिसहरुले दुःख पाउने र झन्झत् ब्यहोर्नुपर्ने अवस्था छ । यसले स्वदेशदेखि विदेशसम्म रहेका नेपालीहरुलाई समेत असर पर्ने गरेको छ ।

टेलिकमको विलिङमिसिन प्रणालीले काम नगर्दा फोनसम्म नचल्ने गरेको, एसएमएस गर्दा नजाने, हत्तपत्त ब्यालेन्स ट्रान्सफर नहुने, टेलिकम सिस्टमले गर्ने सबैै काम ढिलासुस्ती हुदँै आएको छ । त्यसकारण पनि राज्यलाई करौडौँ राजस्व समेत गुम्ने गरेको छ । त्यस्तै, प्रिपेड मोबाइल, सिडिएम मोबाइल, पोष्टपेड मोबाइल समेत अवरोध भइरहँदा टेलिकम व्यवस्थापन मुखदर्शक बनेर बस्ने गरेको छ ।

त्यतिमात्र होइन, टेलिकमलाई अवरोध पारेर प्राइभेट सञ्चारक्षेत्रसँग मिलेर टेलिकमका कर्मचारीले कमिसन खाने गरेको समेत सम्बन्धित टेलिकमभित्रकै सुत्रको दाबी रहेको छ । टेलिकमभित्र हुने टेन्डर र टेलिकमलाई आवश्यक पर्ने उपकरण खरिदमा टेलिकम व्यवस्थापन र बिचौलिया मिलेर करौडौँको भ्रष्टाचार गर्ने गरेका छन् । भ्रष्टाचारको विरुद्धमा सम्बन्धित निकाय कै कर्मचारीहरुको मिलेमत्तो रहेको छ कि भन्ने संका टेलिकमका कर्मचारीले गर्न थालेका छन् ।

टेलिकमभित्रको नालीबेली तामाकोशीसन्देशले विगत लामोसमयदेखि सम्प्रेषण गर्दै आएको छ । ती भ्रष्टाचारको समाचार पनि पुष्टि हुदैँ आएको छ । तर, सरकार र राज्यका उच्च निकायले टेलिकमभित्र भएगरेको भ्रष्टाचारको सम्बन्धमा कुनैपनि निकायले चासो राखेको पाइँदैन । टेलिकमले पनि एसियन इन्फोबीच समन्वय गर्न सकेको छैन ।

मर्मतसम्भारको जिम्मा पाएको एसियन इन्फोसँग समन्वयकारी भूमिका खेल्न नसँक्दा पनि टेलिकम भने दिनप्रतिदिन आरोलो लाग्दै जाने गरेको छ । त्यतिमात्र होइन, टेलिकम व्यवस्थापनले विभिन्न निकायसँग निर्णयकारी भूमिका खेल्न नसक्दा टेलिकमलाई बार्षिक पैत्तिस देखि चालिस अरबको घाटा हुँदै गएको छ । (तामाकेशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *