माइक्रोसफ्ट विश्वका नौ हजार कर्मचारीलाई हटाउने अभियानमा, एआईमा ठूलो पूँजी लगानीको योजना

समाचार सुचना-प्रविधि

काठमाडौं । आईटी कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब नौ हजार कर्मचारीलाई हटाउने अभियान शुरु गरेको छ ।

यसैक्रममा माइक्रोसफ्टले पाकिस्तानमा आफ्नो अप्रेशन बन्द गर्ने भएको छ । कम्पनीले धेरै क्षेत्रहरू यस कारबाहीबाट प्रभावित हुने र कम्पनीको भिडियो गेम परियोजनालाई पनि असर गर्ने बताएको छ ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो पूँजी लगानीको योजना बनाएको छ । यसले एआई मोडेलहरूलाई तालिम दिन ठूला डाटा सेन्टरहरूमा ८० अर्ब डलर खर्च गर्ने छ। माइक्रोसफ्टका प्रवक्ताले यो कठिन प्रतिस्पर्धामा सफल हुन कम्पनी राम्रो स्थितिमा होस् भनेर संस्थागत परिवर्तनहरूमा काम गर्नु आवश्यक रहेको बताएका छन् ।

माइक्रोसफ्ट ओपन एआईमा एक प्रमुख लगानीकर्ता र शेयरधारक पनि हो, जसको च्याटबट च्याट जीपीटी धेरै लोकप्रिय भएको छ । हालका महिनाहरूमा, दुई कम्पनीहरू बीचको सम्बन्ध त्यति राम्रो भएको छैन । ब्लूमबर्गका अनुसार, माइक्रोसफ्टले च्याट जीपीटी मन पराउने व्यावसायिक प्रयोगकर्ताहरूलाई आफ्नो एआई सहायक ुसह(पायलटु बेच्न असफल भएको छ । माइक्रोसफ्टमा कटौती यस्तो समयमा भईरहेको छ, जब ठूला अमेरिकी प्राविधिक कम्पनीहरूले एआईमा विशेषज्ञ प्रतिभा खोजिरहेका छन् ।

माइक्रोसफ्टका विश्वव्यापी रूपमा २ लाख २८ हजार कर्मचारीहरू छन् र यो हालैको छनोटबाट लगभग चार प्रतिशत कर्मचारीहरू प्रभावित हुनेछन् । पाकिस्तानमा माइक्रोसफ्टसँग सम्बन्धित धेरै व्यक्तिहरूले सामाजिक सञ्जालमा सन्देशहरू साझा गरेका छन्, जसमा उनीहरूले २५ वर्ष पछि, कम्पनीले यस देशमा आफ्नो सञ्चालन समाप्त गर्दैछ र आफ्नो कार्यालय पनि बन्द गर्न लागेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *