क्लब विश्वकपको सेमिफाइनलको समीकरणमा पुग्ने चारवटा क्लबको लाग्यो टुंगो

खेलकुद समाचार

काठमाडौं । जारी फिफा क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो । क्लब विश्वकपको सेमिफाइनलमा फ्लुमिनेन्स, चेल्सी, पिएसजी र रियल म्याड्रिड पुगेका छन् । फ्लुमिनेन्सले क्वाटरफाइनलमा अल हिलाललाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने चेल्सीले पाल्मिरासलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी पिएसजीले बायर्न म्युनिखलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब सेमिफाइनलमा फ्लुमिनेन्स र चेल्सी तथा पिएसजी र रियल म्याड्रिड खेल्दैछन् । सेमिफाइनलका खेल जुलाई ८ र ९ मा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *