आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा सारी विशेष पूजा गर्दै, पवित्र नदीमा स्नान गर्नेको घुइँचो

विविध समाचार

काठमाडौं । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा सारीे विशेष पूजा आराधना आजदेखि शुरु गरिँदै छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मठमा विशेष पूजा हुन्छ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *