नीजामती विधेयक होल्ड गरिएकोले धैर्य रहन प्रधानमन्त्री ओलीको आग्रह, प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार

राजनीति विविध समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक केही समय होल्ड गरेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेट्न पुगेका बेला निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रापधानप्रति उनले चासो देखाएका थिए ।

राजय व्यवस्था समितिले हाल ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्‍याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ । अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ । राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *