काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा उपस्थित, पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न आदेश

वाग्मती प्रदेश विविध समाचार

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज कार्यालयमा पुगेका छन् ।

आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे आज महानगर प्रहरी बलको कार्यालय पुगेर काम शुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *